इटहरी ।  शुक्रबार रातीदेखी परेकाे अविरल बर्षाका कारण मध्यरातमा अाएकाे बाढीले इटहरीलार्इ नमिठाे र दुखद क्षणमा डुबाएकाे छ । इटहरीकाे अधिकांस क्षेत्रहरू अहिलेपनि जलमग्न अवस्थामा रहेका छन । इटहरीकाे टेंग्रा खाेला र बुढी खाेलामा अाएकाे भिषण बाढीले सुनसरी र माेङमा करीब ५ हजार घरबार डुबानमा पारेकाे छ भने अहिले सम्म नाै जनाकाे बाढीले बगाएर मृत्यु भैसकेकाे जानकारी प्राप्त भएकाे छ ।   साउन २७ गते शुक्रबार सम्म रमाइरहेकाे इटहरी र समस्त नगरवासी साउन २८ गते एकाएक रूनुपर्याे । शुक्रबार रातीदेखी परेकाे अविरल बर्षाका कारण अाएकाे बाढीले धेरैलार्इ उठीबास लगायाे । कतीकाे अाफन्त खाेसेर लग्याे , खाना खाएर संगै सुतेका अामाका सन्तानहरू अाेछ्यानमै बिलाए , मिठा मिठा सपना सजाएर भाेलीकाे शुर्यकाे किरण पर्खेर बसेका नाबालक सन्तानहरू शुर्यकाे किरण देख्न नपाउदै त्यतीकै अस्ताए । मिठा मिठा गफ गर्दै श्रीमानकाे अंगालाेमा बेरीएर सुतेकी श्रीमती नउठने गरी निदाइन । इटहरीमा मात्रै ५ जनाले ज्यान गुमाएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । सुनसरी र माेरङकाे सिमाना बुढीला किनार स्थित गैरीगाउमा दुर्इ परिावरबाट ४ जनाकाे बाढीमा परेर मृत्यु भएकाे बुझीएकाे छ । राई परिवारका दुई बालबालिका र साह परिवारका दुर्इ जना गरी चार जनाले ज्यान गुमाएकाे प्रहरीले जनाएकाे छ । बाढीले बुढी किनारमा रहेकाे झाेलुंगे पुल समेत बगाएकाे छ भने गैरीगाउ अासपासका एक दर्जन बढी घरहरू बगाएकाे छ । सुनसरी र माेरङमा मात्रै हजार बढी स्थानीयहरू घरबार बिहीन बनेकाे प्रारम्भिक अनुमान गरिएकाे छ । बाढीका कारण मानवीय क्षती के कती भयाे त्यस्काे यकिन बिवरण कुनै निकाय संग नरहेपनि शनिबार बिहानैबाट नेपाली शेना , सशस्त्र प्रहरी र नेपाल प्रहरिका जवानहरू लाइफ ज्याकेटका साथ उद्धारकालागि डुबान क्षेत्रमा तैनाथ भएका छन ।

तराई मधेसका जिल्लाहरुमा शुक्रबार रातिदेखि जुनप्रकारको विपत आइलाग्यो, यो सम्भवतः ०७२ साल बैशाख १२ को महाविपत्तिपछिको अर्को ठूलो प्राकृतिक प्रकोप हो नेपालका लागि । पहाडमा भूकम्पपछि जुनप्रकारको वपित आइलागेको थियो, अहिले मधेसमा त्यस्तै महाविपत्ति देखिएको छ ।

अधिकांश जिल्लामा जनता पानीमा डुबिरहेका छन् । जतासुकै हाहाकार र त्रास छ । अझै कति जनधनको क्षति हुने हो भन्ने स्पष्ट छैन । भएको क्षतिको पनि सबै विवरण आइसकेको छैन ।

शनिबार साँझसम्म गृहमन्त्रालयले दिएको तथ्यांक अनुसार बाढी पहिरोका कारण ३० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा गर्भवती, वालवालिका र वृद्धवृद्धासमेत छन् ।

    मौसम विज्ञान विभागले शनिबार राति र आइतबार समेत भारी वर्ष हुने बताइरहेका बेला तराईका पश्चिम नेपाललाई जोड्ने राजमार्गका विभिन्न ठाउँमा पुलहरु भत्केका छनत्, जसले गर्दा हजारौं यात्रुहरुका बाटामा भोकभोकै अलपत्र परिरहेका छन् । झमझम पानी दर्किइरहेको छ । गाउँ शहरमा मानिसहरुको भाग दौड छ । यस्तो लाग्छ, सिंगै मुलुक एउटा संकटकालको सामना गरिरहेको छ । नेपालमा प्रत्येक वर्ष बाढी त आउने गरेकै हो, तर यस्तो प्राकृतिक प्रकोप कतिपय मानिसले आफ्नो जीवनकालमै महसुस गरेका थिएनन् ।   झापामा इतिहासमै पहिलोपटक यतिठूलो बाढी आएको र गउाँ र शहरहरु जलमग्न बनेको स्थानीयको अनुभव छ । लोहोन्द्र खोलाले केराबारी ९ मा आफ्नो धार नै परिवर्तन गरेको छ । बिराटनगर महानगरपालिका पानीमा चुर्लम्म डुबेको छ । विमानस्थलसमेत बन्दरगाहजस्तो बनेको छ । सुन्दर हरैंचाको वृद्धाश्रमबाट तीनजना ज्येष्ठ नागरिकहरु बगेर बेपत्ता भएका छन् ।     नेपाल सरकारले पटक-पटक सबै ढाको खोल्न आग्रह गर्दा पनि सप्तकोशीका सबै ढोकाहरु खोलिएका छैनन्, जसले गर्दा सुनसरी र मोरङका जनता थप त्रशित छन् ।कतिपय ठाउँका पीडितहरु घरबाट सामानसमेत निकाल्न नपाई भोकै र नाङ्गै सुरक्षित स्थलको खोजीमा भौंतारिएका छन् । एकातिर जमीनमा बाढी छ, अर्कोतर्फ आकाशबाट पानी बसिईरहेको छ ।   दुईदिनको वीचमा तराई मधेसमा बाढीले मच्चाएको बबण्डरको व्याख्या गरी साध्य छैन । त्यो भन्दा ठूलो त्रास त अझैसम्म परिरहेको झरीले थप के के गर्ने हो भन्ने चिन्ताले मानिसहरुलाई सताइरहेको छ । शनिबार दिनभरिजसो गृहमन्त्री, सरकारी अधिकारीहरु, स्थानीय प्रशासन र सुरक्षाकर्मीहरु सकेसम्म उद्धारका कार्यमा खटिए । तथापि उनीहरुको प्रयास पर्याप्त हुने सकेको छैन । उद्धारको कार्यमा राजनीतिक दलका कार्यकर्ता र स्थानीय सामाजिक कार्यकर्ताहरु पनि खटिइरहेका छन् । तथापि बाढी पीडितहरुलाई रात कटाउने ठाउँ र खाना खुवाउने सामाग्रीको अभाव हुने देखिएको छ । तराई मधेसमा देखापरेको यो महाविपत्तिमा पीडितहरुलाई साथ दिन नेपाली मनहरुले फेरि एकचोटि भूकम्प आएका बेलामाजस्तै साथ र हात दिनुपर्ने अवस्था देखिएको छ । भूकम्पका बेला मधेसले पहाडलाई साथ दिएको थियो, अब एकचोटि पहाडले मधेसलाई साथ दिनुपर्ने स्थिति आएको छ ।