अनोज रोक्का
भाद्र २ / २०७४
नेपाली कलाकारहरुका लागि उर्वर भूमि हङ्कङमा दर्जन बढि कलाकारहरुको टोलीले धमाका मच्चाउँने भएका छन् । “एकता साँझ २०१७” मा सांगितीक प्रस्तुत दिनका लागी कलाकारहरुको टोली हङ्कङ आउँन लागेका हुन् ।

कार्यक्रममा दर्शक तथा श्रोताहरुको मन मस्तिष्कमा बस्न सफल गीतहरु ‘माया साह्रै महंगो’, ‘मुल हौ भने’, ‘के माया गर्नु हुन्न’ लगायतका श्रजक गायक हेमन्त शर्मा, गीत ‘ठमेल बजार’बाट चर्चामा आएकी गायीका मिना निरौला, सुफी आधुनिक शैलिका गीतहरुबाट प्रशंस्त बटुलेका गायक विश्व नेपाली, चर्चित हास्यकलाकार मनोज गजुरेल, ईन्डियाको चर्चित रियालिटी शो ‘झलक दिखलाजा’की बिजेता डान्सर तेरिया मगरका साथै ‘द स्याडोस ब्याण्ड’को प्रस्तुती समेटिनेछ ।

युवाद्धय ह्यारी गुरुङ् र तोरण कुमार पुनको संयुक्त प्रयासमा आयोजना गरिएको कार्यक्रम यहि २९ अक्टोबर २०१७ का दिन हङ्कङ स्थित युङलोङ अडिटेरियम थिएटरमा बेलुकी ७ बजे बाट शुरु हुनेछ ।