अनोज रोक्का
भाद्र ६ / २०७४
छिल्लो समय नेपाली चलचित्रको विदेशमा प्रिमियर र रेड कार्पेटको टे«न्ड बढ्दो छ । लगानी सुरक्षित हुनेसँगै नेपाली फिल्मको विदेशी बजार प्रर्वद्धनका लागि पनि यसलाई महत्वका साथ हेरिएको छ । यहि क्रममा चलचित्र जोनी जेन्टलमेन्टको पनि हङकङमा वल्र्ड प्रिमियर गरिएको छ ।

थुप्रै म्युजिक भिडियोबाट आफुलाई प्रमाणित गरिसकेका युवा निर्देशक नितेश चन्द निर्देशित जोनी जेन्टलमेन्टले हङ्कङेली दर्शकहरुको मन जितेको छ । प्रायस फिल्म प्रर्दशनमा दर्शकको खडेरी लाग्ने हङकङमा आईतबार दर्शकहरुको उल्लासमय उपस्थितीले मख्ख थिए निर्देशक चन्द । फिल्मको रेड कार्पेट प्रिमियरमा सहभागी हुनका लागि निर्देशक चन्दसँगै चलचित्रका नायक पल शाह र नायीका आचँल शर्मा पनि हङकङ आएका थिए ।

हङकङमा अघिल्ला फिल्महरुबाट पलको क्रेज ह्वातै बढेको छ । फिल्म जोनी जेन्टलमेन्टमा एक्सन अवतारमा प्रस्तुत भएका उनको आँचलसँगको केमेस्ट्री हेर्नका लागि पनि उल्लेखीयरुपमा दर्शकहरु आएका थिए ।

सोमबार मात्र चलचित्रको टे«लर सार्वजनिक भएको छ । एनड्रिउ पौडेलको निर्माण रहेको फिल्म नेपालका दर्शकहरुले भदौ ३० बाट फिल्म हेर्न पाउँने छन् ।

फिल्म प्रर्दशन कार्यक्रममा नेपालमा बाढी पिडितहरुका लागि सहयोग रकम संकलनका लागि डोनशन बक्स पनि राखिएको थियो । थोरै भएपनि बाढी पिडितहरुको घाउमा मल्हमको प्रयास गरिएको आयोजकका अशोक मल्ल बताउँछन् । कार्यक्रममा उपस्थित कलाकारहरुलाई मायाको चिनो वितरणसँगै रुपन्देही जिल्ला फुटबल एसोसियसनका लागि नेपाली दुई लाख समेत प्रदान गरिएको थियो ।

फिल्मको हङ्कङ प्रर्दशन एटुपी ईन्टरटेन्मेन्टले लिएको थियो ।

तस्बिर : ब्लाक पिग