Gaurika_Singh_silver_for_Nepal_844251825 पौडीकी उदयीमान खेलाडी गौरिका सिंहले साग पौडीको ब्यक्तिगत स्पर्धामा बुधबार रजत पदक जितेकी छन् । गुवाहाटीस्थित डा. जाकिर हुसेन एक्वाटिक पौडी पोखरीमा गौरिकाले २०० मिटर इन्डिभिज्युअल मिड्लेमा रजत पदक जितेकी हुन् ।

उनले निर्धारित दुरी दुई मिनेट ३३.६ सेकेन्डमा पूरा गरेकी थिइन् । उक्त भारतीय पौडीवाज श्रद्धा सुधिरले स्वर्ण जितेकी छन् । गौरिकाको यस इभेन्टमा यसअघि दुई मिनेट ३८.१७ सेकेन्डको प्रदर्शन थियो ।

यस स्पर्धामा ६ देशका आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिकाले पौडीमा जितेको नेपालका लागि यो पहिलो रजत पदक हो । यसअघि सागको कुनैपनि पौडी स्पर्धामा नेपालली खेलाडीले रजत पदक जित्न सकेको थिएन ।

गौरिकाको यो जारी सागमा एकरजत सहित चौथो पदक हो । यसअघि गौरिकाले दुईसय मिटर ब्याक स्ट्रोक, चारसय मिटर ब्याकस्ट्रोक र ४०० मिटर फ्रिस्टाइलमा कांस्य पदक जितेकी थिइन् । गौरिकाले जितेको सबै स्पर्धामा नेपालको राष्ट्रिय कीर्तिमान समेत बनेको छ । 
 

पौडीमा ब्यक्तिगत चारवटा पदक जित्न सफल गौरिका भर्खर १३ बर्षकी भइन् । एकपछि अर्को सफलता हात पार्ने अभियानमा रहेकी गौरिकाको नाममा गुवाहाटीमा अहिले राष्ट्रिय कीर्तिमानको चाङ नै लाग्न थालेको छ ।

नेपालले गुवाहाटीमा बुधबारसम्म पौडीका विभिन्न स्पर्धाका १७ वटा राष्ट्रिय कीर्तिमान बनाइसकेको छ ।

– See more at annapurnapost.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *