कोशेली एचके न्युज डेस्क ।

५६ सेप्टेम्वर २०१७। हङ्कङ

राह ज्वलरी ईन्डष्ट्रीको हङ्कङ् शाखा साङ्घाई स्ट्रीटमा पुन खोलिएकोछ। लामो समय देखि बिशेषगरि आधुनिक गरगहनाहरुको ब्यवसाय गर्दै आएको ईन्डस्ट्रीजले हङ्कङमा नेपाली परम्परागत गरगहना र आधुनिक गरगहनाको माग राम्रो भएकोले अझ ब्यबस्थीत  गरिएको छ।

 हङकङमा राम्रो ब्यापार गरिरहेको बराह ज्वेलरीले शुक्रबार नयाँ पसलको ‘रि–ओपनिङ’ गर्दा शुभकामना दिने नेपाली संघ संस्था प्रतिनिधी तथा सर्वसाधारणको भीड लागेको थियो।

हङकङ सुनका गहनामा कहलिएको अन्तर्राष्ट्रिय बजार हो, जहाँका चिनियाँ सुन ब्यापारीले अहिले नेपाली शैलीका गहनासमेत बनाउन थालेका छन्।

त्यति हुँदापनि जोर्डन, याउमातेइ क्षेत्रमा नेपालीको बाक्लो बसोबास रहेकाले बराहले नेपाली तथा आधुनिक शैलीका गुबै गहना बेच्दै आएको छ।

बराह ज्वेलरी लि. अन्तराष्ट्रीय प्रवन्धक शिभ कुमार लामीछाने

“बराह ज्वलेरी ईन्डष्ट्रीज ब्यवसाय मात्र नभएर एउटा छुट्टै किसिमको भिजन वोकेर हिडेको कम्पनी भएकोले यसमा सबैको सरसहयोगले यहाँ सम्म आएको कुरा कम्पनीका संस्थापक तथा अन्तराष्ट्रीय प्रवन्धक सिभ कुमार लामीछानेले कुराकानीको क्रममा कोशेलीलाई बताउनु भयो।

हाल दुबईमा शाखा ब्विस्तार गर्न ब्यस्त रहेको समयमा पनि छोटों समयको लागि बराहज्वेलरीवहङ्कङ शाखा को पि ओपनिङमा  गर्ने क्रममा आएकोले पुन दुबई फर्कने बताउनुनभएकोछ। आफु यहा नभएपनि सबै हङकङबासी नेपालीहरुलाई सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ।

धरानबाट सुरु भएको बराहको व्यावसाय काठमाण्डौ , पोखरा , हङकङ हुँदै बेलायतको लण्डनमा समेत रहेकोछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *