हरि कोईराला 

भाद्र २४ / २०७४
 विराटनगर / भदौ,  मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीका मागलाई सम्बोधन गरेपछि त्यहाँ कार्यरत कर्मचारीहरुको संगठन बैंक तथा वित्तीय क्षेत्र कर्मचारी यूनियनले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । 

कर्मचारीहरुका हक, हित तथा सेवा सुविधा समेटेर गत असार ९ गते व्यवस्थापन समक्ष पेश गरेको २२ बुँदे ज्ञापन पत्रमा उल्लेखित मागहरु पुरा गराउन शुरु भएको आन्दोलन १९ गते रातिको वार्ता सहमतिमा पुगेपछि टुंगिएको हो ।  सोमबार राति सम्पन्न वार्तामा बैंकका प्रमुख कार्यकारी अधिकृत मणिकुमार अज्र्याल स्वयम छलफलमा बसेपछि मागहरू पुरा भएको  कर्मचारी यूनियनका अध्यक्ष आजाद आलमले वताए ।   यूनियनले आफ्ना मागहरु पुरा गराउनका लागि भदौ १५ गते देखि बैंकका इलाका स्तरका कार्यालयहरुमा तालावन्दी गरेर शुरु गरेको थियो भने भदौ २१ गतेबाट शाखा / उपशाखा कार्यालयहरुमा तालाबन्दी गर्ने कार्यक्रम तय भएको थियो ।

बैंकको समग्र वित्तीय अवस्थालाई मध्यनजर गर्दा कर्मचारी यूनियनले राखेका मागहरुका सम्बन्धमा भएको सहमति महत्वपूर्ण रहेको अध्यक्ष आलमको भनाई छ ।  तलवभत्ता तथा ग्रेड वृद्धि, कर्मचारी कल्याणकारी कोषको स्थापना, वार्षिक भत्ता वृद्धि लगायत अन्य कतिपय नीतिगत विषयहरुमा सम्झौता भएको उनले बताए ।   नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा कार्य गरिरहको नेरुडे लघुवित्त विकास बैक  पूर्वाञ्चलमा केन्द्रीय कार्यालय रहेको पहिलो लघुवित्त बैंक हो । २०५७ सालमा ल्च्म्क्ऋ को नामबाट कारोवार शुरु गरेको यस बैंकले २०६३ मा नेपाल राष्ट्र बैंकबाट लघुवित्त बैंकको इजाजतपत्र लिएको हो ।

हाल २५ जिल्लामा करीब ८० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट १ लाखभन्दा बढी सेवाग्राहीहरुलाई लघुवित्त सेवा प्रवाह गरिरहेको यस बैंकका ७ वटा इलाका कार्यालयहरु रहेका छन् भने शाखा÷उपशाखा कार्यालयहरु अझै विस्तारको क्रममा रहेका छन् । ३० करोड ६० लाख चुक्ता पूँजी रहेको बैंकमा करीव ५सय जना कर्मचारीहरु कार्यरत रहेका छन् ।  बैंकको ४९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ ।

बैंकले गत आवमा करिव १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने आव ०७२/७३ मा करिव १३ करोड रुपैयाँ मुनाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *