अनोज रोक्का
भाद्र २४ / २०७४
सेन्स अफ क्लिकको आयोजनामा ‘पाँचौ रन वे फेसन शो’ सम्पन्न भएको छ ।

हङ्कङ स्थित लाईची कोक डिटु प्लाजाको भब्य हलमा सम्पन्न फेशन शोमा दुई दर्जन बढि मोडलहरुले ईथ्निक वेयरहरु प्रर्दशन गरेका थिए । ईन्डिया, सिंगापुर लगायतबाट फेसन डिजाईनरहरुको सहभागीता रहेको कार्यक्रममा नेपालबाट चर्चित डिजाईनरहरु तेन्जिङ छितेङ् भुटिया, अन्ती गुरुङ्, सिवाङी प्रधानको सहभागीता थियो ।

फेशन शोमा सेन्स अफ क्लिकको आफ्नै प्रडक्सनका साथै साम साम बुटिक हङ्कङ र डिजे बुटिकका डिजाईनहरु प्रस्तुत गरिएको थियो । सेन्स अफ क्लिकले हरेक बर्ष रन वे फेसन शो को आयोजना गरिरहेको छ ।

नेपाली डिजाईन र कलालाई अन्तराष्ट्रियरुपमा प्रमोट र अवसरका लागि कार्यक्रमको आयोजना गरिएको क्लिकका सञ्चालक पवन सुब्बा बताउँछन् ।

तस्विर : एच डिडी स्टुडियो