करण धिताल
पथरी  / भदौ २५
संगीत क्षेत्रमा संघर्ष गर्दै अगाडी बढेका गायक उज्वल बन्जराको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनले आफ्नो दोस्रो गीत ‘ओ मायालु’ बोलको गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो ।

‘हाँसील’ एल्बममा समाबेश गीतमा दिपेन राईको शब्द तथा संगीत छ भने, उज्वलको समधुर आवाज रहेको छ । भिडियोमा प्रशान्त, जुन, भबिन, अनिशा, प्रकाश, सबिन लगायतले अभिनय गरेका छन् । सुमन योञ्जनले खिचेको भिडियोलाई हेमन योञ्जनले सम्पादन गरेका छन् ।

भिडियोका निर्देशक प्रकाश थापा रहेका छन् ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।