१७ सेप्टेम्बर २०१७ ,
शिशिर पुर्वछाने मगर, हङकङ

हङकङ नेपाली महासंघद्वारा आयोजित रमाईलो सर्रद साँझ भब्य रुपमा सम्पन्न भएको छ। माननीय वाणिज्य मन्त्री श्री मीन विश्वकर्मा ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको महासंघकी अध्यक्षता श्रीमती रिता गुरुङले गर्नु भएको थियो।

कलाकारहरूद्वारा संयुक्त रूपमा स्वागत गीत गाएर शुभारम्भ गरिएको उक्त कार्यक्रम हङकङको काउलून स्थित याउ मा तेइ सामुदायिक भवनमा भएको थियो।

कार्यक्रममा हङकङका लागि नेपाली महावाणिज्यदूत श्री कमल प्रसाद भट्टराई लगायत नेपाल मगर संघ केन्द्रिय सदस्य श्रीमती शरदा थापा मगर , गैर अवासिय नेपाली संघ हङकङकी अध्यक्ष श्रीमती राधिका गुरुङ , शैक्षिक अभियान्ता डा. श्री चुरा थापा, नेपाल वायुसेवा निगम हङकङ शाखा प्रमुख श्रीमति सुपृया तुलाधर लगायत विशिष्ट अतिथिमा उपस्तिथि रहेको थियो । त्यस्तै गरि अतिथीमा महासंघ अन्तर्गत रहेका संस्थाहरुका प्रमुखहरु र विभिन्न राजनीतिक दलका ब्यक्तिहरु हुनुन्थ्यो ।

औपचारिक कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाइ सम्मान गरिएको थियो। त्यस्तै गरि मगर महिला संघद्वारा नेपालको वाढीपिडितलाई १ लाख रुपैया र हङकङ नेपाली महासंघद्वारा संकलित १ लाख ५० हजार रुपैयाँ कुल मिलाएर २ लाख ५० हजार रुपैयाँ मा. वाणिज्य मन्त्री श्री मीन बहादुर विश्वकर्मा मार्फत प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरिएको थियो ।

सास्कृतिक कार्यक्रम नेपालबाट आएका कलाकार डिल्ली फम्बोले  “माहिली” बोलको बेजोड गित गाएका थिए । त्यसपछि हङकङकै स्थानिय कलाकारहरुद्वारा माथि माथी सैलुङ्गेमा बोलको गितमा नृत्य प्रस्तुत गरि दर्शकलाइ थप मनोरञ्जन गराइरहेको थियो।

माहोललाई थप तताउन नेपालका चर्चित गायिका सरस्वती लामाले २ वटा पप गित प्रस्तुत गरेकि थिईन  । निकै बोल्ड पहिरनमा प्रस्तुत लामाले चलचित्र लप्पन छप्पनको “लै बरि लै” बोलको गित गाएर दर्शकको मात्र नभएर प्रमुख अतिथी सहित अन्य धेरै को ध्यान केन्द्रित गर्न सफल भइन्।

कार्यक्रममा यो नेपाली सिर उचाली गीतमा स्थानिय वाल कलाकारहरुको निकै सुन्दर प्रस्तुती थियो  । शिशिर राइले मारुनी गित “हिडि जाने बटुवाको” प्रस्तुत गर्दै मञ्च प्रवेश गरे ।  चर्चित गयिका रेश्मा पुनले लाङघाली कल्याण समाजद्वारा २१ सेप्टेम्बर २०१७मा आयोजना गर्ने सांस्कृतिक साझको निम्तो दिदै  “म पहाडको मायाले” वोलको गित प्रस्तुत गरिन्।

नोभा लिम्बूलले आफ्नै गित “तिनपाने खाएर कान्छा” वोलको गीत प्रस्तुत गरेर विदा भइन् । कार्यक्रमको अन्तिममा कलाकार बलराम समालले “तीन पाने रक्सीले लाग्यो रिंगटा” वोलको गित प्रस्तुत गरेपछी नोभा लिम्बूसङ “कान्छी हे कान्छी” बोलको गीत गाएर उपस्थित दर्शक सहित अतिथीहरुलाई समेत नाच्न बाध्य बनाएका थिए । कार्यक्रम महासचिव नवीन लिम्वुले संचालन गरेका थिए ।