कोशेली एचके न्युज डेस्क

२१ सेक्टेम्वर २०१७। हङकङ

नेपालको दोस्रो संविधान दिवस हङकङमापनि  भब्यताकासाथ सम्पन्न भएको छ।हङकङकालागि नेपाली महावाणिज्यदुतको आयोजनामा  हङकङको सेन्ट्रलमा अवस्थित फरेन करेस्पोन्डेन्ट क्लबमा एक समारोहको आयोजना गरी दिवस मनाईएको हो।

कार्यक्रममा विदेशी कुटनीतिक नियोगका अधिकारी, हङकङका व्यापारी, नेपाली समुदायका व्यवसायी, समाजसेवीलगायत करिब डेढ सय व्यक्तिहरुको समेत बाकुलो उपस्थिती रहेको थियो। 

वाणिज्य मन्त्री मीन विश्वकर्मा विशेष अतिथिकारहेको कार्यक्रममा हङकङ सरकारका प्रमुख सचिव म्याथ्यु चेयुङको प्रमुख आतिथि रहेका थिए। 

कार्यक्रममा महावाणिज्यदूत कमल प्रसाद भट्टाराईले उपस्थित स्वागत मन्तब्य राख्नुको साथै दूतावासले अहिले सम्म गरेका उल्लेखनीय कार्यहरुको वारेमा उल्लेख गर्नु भएको थियो।

संविधान दिवसको कार्यक्रमलाई संवोधन गर्दै  मन्त्री विश्वकर्माले चीनको एक देश दुई प्रणालीको पुर्ण रुपमा समर्थन गर्दे सफल भएको कुराको चर्चा गर्नु भएको थियो। मन्त्री विश्वकर्माले नेपाल र चीनबीच परापूर्व कालदेखि नै विशिष्ट सम्बन्ध रहेको चर्चा गर्दै वान बेल्ट वान रोड परियोजना, पञ्चशीलको सिद्दान्त, नेपाल–चीनबीचको वाणिज्य तथा व्यापारिक सम्बन्धमा आफ्नो कुरा राख्नु भएको थियो। 

कार्यक्रममा हङ्कङ्का प्रमुख सचिव म्याथ्युले नेपाल–हङकङ व्यापारिक सम्बन्ध दुई देश निचका सम्भावनको वारेमा आफ्नो कुरा राखेका थिए। अहिले सम्म नेपालले हासिल गरिरहेको आर्थिक सामाजिक तथा साँस्कृतिक सम्बन्धको पनि चर्चा गरेका थिए।

मन्तब्यको क्रममा गोर्खाहरुले साठीको दशकबाट दिएको योगदान कदर गर्दै  द्विपक्षीय सम्बन्ध पनि असल भएको बताए।