वल्लभ रोका , हङकङ, असोज ९, २०१७

मिस हङकङ नेपाल २०१७ को ताज सुस्मीता लिम्बुले पहिरिएकि छिन। त्यसैगरि फस्ट रनर अपको उपाधी प्रजला गर्बुजा र सेकेन्ड रनर अपको उपाधी एलिसा गुरुङले हातमा पारेकी छन ।
सोधेको निर्णायक प्रश्नको चित्तबुझ्दो जवाफ दिएपछि लिम्बुले १३ प्रतिस्पर्धिहलाई पछि पार्दै हङकङ नेपाल २०१७ को उपाधी आफ्नो पोल्टामा पारेकी हुन्।
गायिका तथा मोडल बन्ने सोचाइ राख्ने सुस्मिता नृत्यमा पनि पोख्त छिन। सुस्मिताले फेशन डिजाइन अाफ्नो सोख रहेको बताईन । 
दर्शक तथा संघ संस्था प्रतिनिधिहरुको उल्लेखनीय उपस्थितीरहेको ग्राण्ड फिनालेमा क्याप्टेन विजय लामाको ‘व्यूटि पेजेन्टका निर्णायकहरुको गुणस्तर कस्तो हुनु पर्छ? भन्ने प्रश्नमा ” निर्णायकहरू सुन्दरी प्रतियोगिता सम्बन्धि राम्रो ज्ञान भएको र निष्पक्ष निर्णय गर्ने क्षमता भएको हुनुपर्छ।” भन्ने जवाफ दिएकि थिईन।

त्यसैगरि अन्य टाईटल हातपार्नेहरुमान बेस्ट प्रफरमेन्स मोनिका बिश्वकर्मा , बेस्ट फ़िगर , कल्चरल ड्रेस र क्याटवाल्कमा एलिसा गुरुङ, बेस्ट पर्सनालिटी निकिता राई , बेस्ट हेयर साहारा पुन , मिस एथलेटिक सुचिना गुरुङ, मिस फ्रेन्डली सुजु लिम्बु, मिस कन्फिडेन्स सुप्रियाना राई, बेस्ट स्माईल मनिषा गुरुङ , बेस्ट डिसीप्लीन प्रजिला गर्बुजा , मिस पपुलर सदिक्षा गुरुङ , मिस चार्मिङ विध्या श्रेष्ठ रहेका थिए ।

मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको प्रतियोगिताको ग्रान्ड फिनालीको कार्यक्रम प्रस्तोता माल्भिका सुब्बा थिईन।