टोप बहादुर याख्खा 
२ अक्टोबर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङद्धारा प्रथम पटक “इन्टर ब्रान्च पुम्से कम्पिटिशन २०१७” सम्पन्न भएको छ।

तुङ चुङ्ग स्पोर्टस सेन्टरमा सम्पन्न उक्त प्रकियोगितामा युनाइटेड क्लबका १४ वटा ब्रान्चका ब्लाक बेल्ट तथा कलर बेल्ट गरी २०० बढि स्टुडेण्टहरुले प्रतिस्पर्धा गरेका थिए ।

फोटो – टोप बहादुर याख्खा

ठूलाहरुका लागि पुम्से (प्याटर्न) संगै स–साना स्टुडेण्टहरुका लागि किकिङ स्पिड रहेको उक्त कम्पिटिशनको चिफ गेष्ट ओ दो क्वान क्लबका ग्राण्ड मास्टर नाइक चेङ्ग थिए ! मुख्य निर्णायकहरुमा मुन्धुम तेक्वान्दो एकाडेमिका  मास्टर कुमार हाङ लिम्बु, नेफिन्डो तेक्वान्दोका मास्टर किसन गुरुङ र फोरेनर तेक्वान्दो क्लबका मास्टर दुर्गा गुरुङ रहेका थिए ।

आफ्नो क्लबका स्टुडेण्टहरुमा कन्फिडेण्ट बढाउँदै लैजाने उदेश्यले आयोजित उक्त कम्पिटिशन सफल भएसंगै निकट भविश्यमै स्थानिय चाइनिज तथा नेपाली क्लबहरुलाई आमन्त्रण गरेर इन्टर क्लब पुम्से कम्पिटिशन गर्ने कुरा प्रेसिडेन्ट तथा मास्टर सैलेन्द्र राईले बताए ।
हङकङका विभिन्न स्थानहरुमा १८ वटा ब्रान्चमा गरी ३५० बढि स्टुडेण्टहरु रहेकाछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *