बल्लभ रोका , ९ सेप्टेम्वर २०१७ । हङकङ

हङकङमा बाढीपिडितकालागि  १० लाख रुपैँया संकलन गरिएको छ। 

नेप्लिज टेनिस सोसाइटी, बगैँचा सञ्चार हङकङ र नेपाल फाइनान्स लिमिटेडको संयुक्त पहलमा उक्त रक़म संकलन गरिएको हो । 

आइतबार जोर्डनस्थित बगैँचा रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा कार्यक्रमको आयोजनागरि सार्वजनिकरुपमा जानकारी गराईएको  हो।

टेनिस सोसाइटीका तर्फबाट सात लाख १३ हजार रुपैँया संकलन भएको थियो !  बगैँचा सञ्चारको तर्फबाट दुई लाख २६ हजार तथा फाइनान्सको तर्फबाट ६७ हजार ५०० रुपैँया संकलन भएको थियो।

बगैँचाको तर्फबाट संयोजक सुवास राईले नगद र नेपाल फाइनान्सका अध्यक्ष धिरज राईले चेक सोसाइटीका अध्यक्ष मगेन्द्र राईलाई हस्तान्तरण गरेका थिए।

भेलाको अन्तमा टेनिस अध्यक्ष राईले   शतप्रतिशत रकम संस्थाकै प्रतिनिधि मार्फत् यथासक्तो चाँडै पीडितसमक्ष पुर्‍याउने प्रतिबद्धता गर्नु भएको थियो।  दाताहरुलाई संस्थाहरुको तर्फबाट कृतज्ञता प्रकट गर्नु भएको थियो।