जानकारी सभामा बोल्दै फिस्टेलका निर्देशक कृष्ण पाण्डे
                                                                  जानकारी सभामा बोल्दै फिस्टेलका निर्देशक कृष्ण पाण्डे

अनोज रोक्का
०५ डिसेम्बर २०१६

हङ्कङमा स्थापित फिस्टेल ट्राभल्सले आफ्नो सेवाको विस्तार अव अनलाईट सर्भिस बिटुबिट्राभल्सबजार.कम बाट शुरु गरेको छ । ट्राभल्सले आईतबार जानकारी भेलाको आयोजना गर्दै उक्त कुरा बताएको हो ।

पर्यटन क्षेत्रमा स्थापित फिसटेलले बिगत १५ बर्ष देखी अनवरतरुपमा सेवा प्रदान गरिरहेको छ । ग्राहकहरुलाई थप सेवा सुविधासँगै अन्तराष्ट्रियरुपमा पर्यटन प्रबद्र्धन गर्नका लागि ३ बर्षको मेहनत स्वरुप अनलाईन सेवा शुरु गरिएको प्रबन्ध निर्देशक कृष्ण पाण्डे बताउँछन् भन्छन् – “अहिलेको युग अत्याधुनिक ईन्टरनेट प्रणालीको युग हो, परम्परागत प्रणालीलाई स्थानान्तरण गर्दै वेव संसारमा प्रवेश गर्नु बाध्यता मात्र नभएर आवश्यकता नै भईसकेको छ । नेपाली वेव मै पहिलो पटक अत्याधुनिक प्रणाली बिटुबि अनलाईन सेवाको शुरुवात हामी बाट भएको छ ।”

उनी थप्छन् – “बिटुबि अनलाईन सेवा नेपाली उद्यम क्षेत्रले दिन नसकेको सेवा र सुविधा सहित एकै पोर्टलमा बहुआयामीक सेवा दिने डिजिटल पेज हो । प्रतिस्पर्धात्मक बजारमा ग्राहक स्वंयले आफुले चाहेको मुल्य निर्धारण गर्नु र आफ्नो समयमा सेवा उपयोग गर्ने पाउँनु नै यो सिस्टमको शुन्दरता हो ।”

img_0304

नेपाल एयरलाईन्सकी हङ्कङ म्यानेजर सुप्रिया तुलाधारको सभापतित्वमा सम्पन्न भेलामा तुलाधारले राष्ट्रिय ध्वजा वाहक एयरलाईन्स नेपाल वायुसेवा निगम पनि अव चाँडै आरबिडि सिस्टम अनलाईन सेवामा जाने जानकारी दिईन । विश्व बजारमा अत्याधुनिक प्रविधि मार्फत प्रस्तुत हँुदा गौरव महशुस भएको र फिस्टेल ट्राभल्सले पहिलो पटक नेपाल एयरलाईन्सलाई पनि अनलाईन सर्भिस मार्फत विश्व बजारमा विस्तार गरेकोमा खुसी लागेको बताईन । कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष रीता गुरुङ्ले पनि फिस्टेलको कार्यप्रति गौरव महशुस भएको भन्दै बधाई तथा शुभकामना दिईन ।

बिटुबिट्राभल्सबजार.कम अनलाईन पेज मार्फत विश्वका ३५० भन्दा बढि हवार्ई कम्पनीका टिकटहरु सुलभ र सहज तरिकाले अनलाईनबाट खरिद गर्न सकिन्छ भने विश्वका ३ लाख ५० हजार होटल र प्याकेजहरु पोर्टलबाटै छानिछानी बुक गर्न सकिन्छ । उपभोक्ताको मागलाई ध्यानमा राख्दै पोर्टलमा अंग्रेजी, चाईनिज, कोरियन, रसियन भाषाको सुविधा पाउँन सकिनेछ, साथै हङ्कङका १५,०० ट्राभल्स एजेन्सी र लक्षित बजारका २,००० ट्राभल्स एजेन्सीहरुसँग सहकार्य गरि उत्पादनहरु विश्व बजारमा बेचिने छ ।

जानकारी सभामा फिस्टेलले जारी गरेको प्रेस बिज्ञप्ती ।

प्रेस बिज्ञप्ति
b2btravellbazar.com  फिसटेल ट्राभल्स ( हङकङ
परिबर्तन को सम्बाहक बनौं
परम्परागत प्रणाली त्यागी वेव संसारको अत्याधुनिक र ब्यवस्थित कार्य प्रणालीभित्र छिरेको पहिलो क्षेत्र पर्यटन ब्यवसाय हो भन्ने यथार्थ सबैलाई ज्ञात नै छ । चमत्कारिक यो परिवर्तनलाई त्यसपछि अन्य विधा र क्षेत्रका ब्यावसायीहरुले आत्मसात गर्दै गएकाहुन् । पछि यो बाध्यतालाई उपेक्षा गरेर अगाडी बढ्न नसक्ने अवस्थामा सबै ब्यवसायी पुगे । उद्यमीहरुले पहिचान गरेको डिजिटल युग र त्यसको रुपान्तरण स्वरुप नै अहिलेको वेव संजालमा छरिएको उद्यम हो भन्नु अत्युक्ति हुनेछैन । यस रुपान्तरणलाई पर्यटन क्षेत्रमा स्थापित ब्रान्ड फिसटेल ट्राभल्स एन्ड टुर्सले आत्मसात गरि ३ बर्षदेखि अनवरत रुपमा यसैका निम्ति खटेकोथियो । १५ बर्षदेखि यस क्षेत्रमा सेवा दिईरहेको फिसटेलले ३ बर्षको अथक प्रयास पश्चात नेपाली वेव संसारमै पहिलो अत्याधुनिक ‘बिटूबि अनलाईन’ सेबा को सुरुआत गर्दै छ। यो उपलब्धि सुनाउन पाउँदा हामी अत्यन्त हर्षित र गर्वित, दुबै छौं ।

डिजिटल यो पेजमा नेपाली उद्यम क्षेत्रले दिन नसकेको सेवा र सुविधा सहित एकै पोर्टलमा बहुआयामिक सेवा र उत्पादन प्रदान गर्ने प्रणाली बिकसित गरिएकोछ । प्रतिस्प्रधात्मक बजार मा ग्राहक स्वंयले खुद मूल्य निर्धारण गर्ने परिपाटी बढिरहेकोछ । यहि नै हाम्रो लागि अबसर र चुनौती दुवै हो। एउटै एयरलाईन्स, यौटै सेवा तर भिन्दाभिन्दै भाडा दर त्यसैको उदाहरण हो । नेपाल एयरलाईन्स समेत यो प्रणालीभित्र छिर्न गैरहेकोछ । यसलाई ‘आरबिडि सिस्टम’ भनिन्छ । हामीले पहिलोपटक नेपाल एयरलाईन्सको टिकट ‘आरबिडि सिस्टम’ अन्र्तगत डिजिटल प्रणालीमा समाबेस गर्न गैरहेकोछौं । नेपालको पर्यटन र राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्स समेतलाई विश्व बजारमा यस अत्याधुनिक प्रविधि मार्फत पहिलो पटक प्रस्तुत र बिस्तार गर्ने अभिभारा पाउँदा गर्व महसुस गरेकाछौं ।

माग र आपुर्तिको आधारमा तत्काल सर्च ईन्जिन मार्फत भाडा तय गरिनु र स्मार्ट ग्राहकले त्यसको भरपुर लाभ लिनु अनलाईन ब्यावसायको सबैभन्दा मूख्य उपलब्धि र उपयोगिता हो।
b2btravellbazar.com अनलाईन’ पेजबाट तपाईं विश्वका ३५० भन्दा बढी हवाई कम्पनि का टिकट हरु सुलभ र सहज तरिकाले अनलाईनबाटै खरिद गर्न सक्नुहुने छ। तेस्तै बिश्वका ३ लाख ५० हजार होटेल र प्याकेज हरु पोर्टलबाटै छानीछानी बुक गर्न सकिनेछ। हाम्रा मूख्य मार्केट र ग्राहकलाई केन्द्रमा राखि अग्रेंजी, चाईनीज (ट्रडिसनल र सिम्प्लिफाई), कोरीयन र रसीयन भाषामा पोर्टल सन्चालन हुनेछन् । हङकङका १५०० ट्राभल ऐजेन्सी र लक्षित बजारका २००० ट्राभल ऐजेन्सीहरुसंग सहकार्य गरी हाम्रा उत्पादन हरु बिश्व बजारमा बेचिने छ।

यस ब्यापारिक परिबर्तन ले हामी आफ्नो ब्यावसायलाई मात्र रुपान्तरण गर्न गैरहेकाछैनौ, हामी हाम्रा परिबर्तन का सम्बाहक नया पुस्ता संग ब्यापारिक, सामाजिक र पारिबारिक रुपमा गासीई रहने पनि छौ भन्नेमा हामी विश्वस्त छौं । सन २००२ मा स्थापित फिसटेलको डिजिटल रुपान्तरणमा हङकङ लगायत विश्वभर नेपाली हरु को यस अघि झैं यसपालि पनि सहयोग र सदभाव कायमै रहने छ भन्नेमा हामी बिस्वस्त छौं ।

अन्त्य मा ग्राहक समुदाय ले दद्ददतचबखभदिबशबच।अयm को क्लाइन्ट सेक्शन मा रजिस्टर गरि भरपुर फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। साथै नेपालभित्र र नेपाल बाहिर विभिन्न मुलुक हरु मा संचालनमा रहेका नेपाली होटल र ट्राभल ऐजेन्सी संचालक ज्यु हरुलाई सप्लायर्स सेक्सन मा लगइन गरि आ-आफ्ना उत्पादन हरु अपडेट गराई आफ्ना उत्पादनहरु लाई बिस्व ब्यापिकरण गर्न पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौं ।
कृष्ण पाण्डे
प्रबन्ध निर्देसक ( फिष्टेल ट्राभल एंड टुर्स
b2btravellbazar.com (बिटुबिट्राभलबजार.कम)

img_0295 img_0298 img_0301 img_0303

Leave a Reply

Your email address will not be published. Required fields are marked *