माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाललाई हृदयघात भएको छ।

हृदयघात भई गम्भीर अवस्थामा उनलाई आइतबार बिहान चार बजे काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

अचेत अवस्थामा अस्पतालमा पुर्‍र्याइएका प्रकाशको निधन भएको अस्पतालमा रहेका एक प्रहरीले जानकारी दिएका छन्। त्यसलाई त्यहाँका एक चिकित्सकले पनि पुष्ठी गरेका छन्। निधनको औपचाकि घोषणा भने प्रचण्ड काठमाडौँ आइपुगेपछि केही गरिने ती चिकित्सकले बताए।

निर्वाचन अभियानको क्रममा झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोरा बिरामी परेको खबर पाएपछि हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन्। 

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन्।