२६ नोभेम्बर २०१७
शिशिर पुर्बछाने मगर
हङकङ

चाङे् धर्ती आमा कोष संस्था हङकङले नोभेम्बर २६, २०१७ आइतबारका दिन हङकङको काउलून स्थित यउ मा तेइ कम्युनिटि हलमा हङकङमा आर्थिक अभावमा छट्पटाई रहेका बिरामीहरुको पुनर्जीवनको निम्ति सहयोगार्थ “सुमधुर सांगीतिक सौगात २०१७” कार्यक्रमको भब्य रूपमा आयोजना गरेको छ । भद्र कला आङ्बुहाङ्को विशेष पहलमा आयोजित सो कार्यक्रममा दर्शकहरुको निकै बाक्लो उपस्तिथिका माझ नेपालबाट आएका ख्याति प्राप्त कलाकारहरुले प्रस्तुति दिएका थिए ।

नेपालको चर्चित रियालिटी सो नेपाल आइडलकि “के-टाउन एन्जल” उपनामले चिनिने केन्जल मेहर श्रेष्ठले “आमा” बोलको गीत गाएर सांगीतिक कार्यक्रमको सुभारम्भ गरेकि थिएन । आफ्नी आमाको सम्झनामा निकै भाबुक हुदै गाएकी केन्जलले त्यसपछि क्रमश दुइटा गीत गाएर स्टेजबाट बिदा भइन्। त्यसपछि पुर्वाञ्चल सिंगिङ्ग स्टार प्रकृति थलुङ्गले भेटैमा भयो सोल्टिनी ज्यु बोलको गीत गाएर दर्शक नचाए । दर्शकहरुलाइ थप मनोरञ्जन दिन चर्चित हास्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङले विभिन्न जादु देखाए भने हास्य व्यंग्य तथा नृत्य प्रस्तुत गरी दर्शक हासाउन सम्म भ्याए ।

त्यसपछि हङकङमै आयोजित ७औ नेफ्टा अवार्डबाट चलचित्र “बितेका पल” बाट उत्कृष्ट नायिकाको उपाधी प्राप्त गरेकि चर्चित नायिका केकि अधिकारीले राष्ट्रिय , लोक तथा आधुनिक मिश्रण गरिएको गितमा सुन्दर नृत्य प्रस्तुत गरिन् । अन्त्यमा कार्यक्रमको प्रमुख आकर्षण नेपालको चर्चित संगितकार , गायक तथा रचनाकार सम्भुजित बास्कोटा प्रवेश गरे । उनले क्रमश “सम्झना बिर्सन”, “तल तल बेसीमा मैच्याङ्ग ” र “अच्छा लेकिन लण्डनको ” बोलको गित गाए भने उक्त गीतहरुमा केन्जलले साथ दिएकी थिइन्। “चट्ट रुमाल क्या मालुम” र “यो मायाले हासेको कसरी” बोलको गीतमा भने सापकोटालाइ प्रकृति थलुङ्गले साथ दिइन् । कार्यक्रमको विचमै नेपाली समुदाय प्रती लोकप्रियता देखाउदै थोमस रेजिमेन्ट नामक गौर नेपालीले नेपाली रुपैयाँ पचास हजार सहयोग गरेका थिए।

कार्यक्रम एच के दर्पन डट्कमका इन्द्र लोक्सम लिम्वुले संचालन गरेका थिए।