कोशेली संवाददाता
३० नोभेम्बर २०१७

भिनेता, लेखक तथा निर्देशक सुबास गुरुङको चलचित्र ‘खै ओ म्हि थेबा’ हङकङमा प्रर्दशन हुने भएको छ । आईतबार चुमलुङ हिम जोर्डनमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिकसँगै चलचित्र प्रर्दशनको मिती सार्वजनिक गरिएको हो ।

नेपाल, युके, अमेरिका लगायतका देशमा सफलतापूर्वक प्रर्दशन गरिसकिएको चलचित्र हङकङमा ७ जनवरी २०१८ का दिन याउमा तेई स्थित कम्युनिटी हलमा प्रर्दशन गरिनेछ ।

सामाजिक परिवेशका यर्थाथतालाई चलचित्रको पर्दामा उत्कृष्ट ढङ्ले उर्तान खप्पिस निर्देशक गुरुङ्ले चलचित्र ‘खै ओ म्हिथेवा’ (आयो है ठुलो मान्छे) मा पनि नेपाली भएर पनि नागरिकता पाउँन नसक्दाको पिडालाई फिल्मी मसला सहित देखाएका छन ।

‘क्लाईमेक्स आर्ट’को तेस्रो र ओस्कारको बाह्रौं प्रस्तुती रहेको चलचित्रमा रोशनी गुरुङ, गोपाल गुरुङ, बसन्त गुरुङ, सूर्य गुरुङ, लिला गुरुङ र खुशी गुरुङ निर्माता रहेका छन् । चलचित्रमा शुभाष गुरुङ, आनन्द गुरुङ, मञ्जु गुरुङ, उर्मिला गुरुङ, रेशम गुरुङ, गोपाल गुरुङ, खिममायाँ गुरुङ, विश्वास गुरुङ, प्रताप दास (नेपाल आईडल तेस्रो ), दिनेश गुरुङ लगायतले संगितसँगै फिल्म्मा विशेष भूमिका निर्वाह गरेका छन् ।

चलचित्र प्रदर्शनी बाट आएको केही रकम “माया घर“ काठमाडौ समाजिक संस्थालाई दिईनेछ।