अनोज रोक्का
१ डिसेम्बर २०१
हिला पात्रलाई केन्द्रविन्दु बनाईएका चलचित्रहरु कमै बन्ने गर्छन । यहि पेरिफेरीमा महिला साहस र बीरताको प्रतिक स्वरुप चलचित्र तारेभिर सार्वजनिक भएको छ । नेपालमा सफलतापूर्वक प्रर्दशन भईसकेको चलचित्र तारेभिर अव हङ्कङेली दर्शकहरुले हेर्न पाउँने पक्का भएको छ ।

देउकृष्ण देवानको निर्माण र प्रेम सुब्बाको निर्देशन रहेको चलचित्र तारेभिरमा अधिकांश नयाँ अनुहारहरुलाई देख्न सकिन्छ । चलचित्रमा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, देउकृष्ण देवान, मञ्जु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

समाजका आपाराधिक मनोवृतीका मानिसलाई कसरी कानुनको कठघरामा उभ्याईन्छ, यो नै फिल्मको मुख्य विषयबस्तु रहेको छ । फिल्ममा प्रशस्त द्वन्दका दृश्यहरु समेटिएको छ । गायिकाको रुपमा चिनिएकी बिष्णु चेम्जोङ्ग यसै चलचित्र बाट नायिका पनि बनेकी छिन् । फिल्ममा प्रकाश गुरुङ, सनुप पौडेल र बर्विम शर्माको संगीत रहेको छ ।

फिल्मलाई एचके समाचार, एचके दर्पण र नेपाल क्लब हङकङले संयुक्तरुपमा प्रर्दशनको जिम्मा लिएको छ । फिल्मको प्रतिक्रिया बुझ्न र दर्शकहरुसँगै बसेर फिल्म हेर्नका लागि चलचित्रका निर्देशक तथा कलाकार प्रेम सुब्बा समेत हङकङ आउँने भएका छन् । फिल्म यहि १० डिसेम्बर २०१७ का दिन याउमा तेई स्थित कम्युनिटी हलमा बेलुकी ७ बजेबाट प्रर्दशन हुनेछ ।