अनोज रोक्का
१२ डिसेम्बर २०१७

नेपाली कथानक चलचित्र तारेभिरलाई हङकङेली दर्शकहरुले रुचाए । याउमा तेई स्थित कम्युनिटी हलमा आईतबार प्रर्दशन गरिएको फिल्ममा उपस्थित दर्शकहरुले फिल्मको एक्शन र कथालाई मन पराए । फिल्ममा समावेश महिला द्धन्द विशेष तारिफ योग्य रह्यो ।

फिल्मी मसलाले भरिपूर्ण तारेभिरले थकान र ब्यस्तताको बीचमा एउटा शुद्ध नेपाली स्वादको महशुस गरायो एक दर्शकले प्रतिक्रिया दिए ।

फिल्म प्रर्दशन कार्यक्रममा दर्शकहरुसँगै बसेर फिल्म हेर्न र प्रतिक्रिया बुझ्नका लागि कलाकार तथा निर्देशक प्रेम सुब्बा हङ्कङ आउँने भनिए पनि विविध कारणले आउँन नसकेको आयोजक एच.के समाचारका कृष्ण लावतीले बताए । उहाँ आउन नसकेपनि हङ्कङमा रहनु भएका उहाँको दाजुलाई हामी सम्मान गर्यौं, प्रतिक्रिया दियौं उनले भने ।

फिल्मलाई एचके समाचार, एच.के दर्पण, नेपाल क्लब हङ्कङले संयुक्तरुपमा प्रर्दशनको जिम्मा लिएको थियो ।

तस्बिर : गणेश मगर , जगत अम्बु