अनोज रोक्का
३१ डिसेम्बर २०१७
 
नेपाल आईडलको पहिलो सिरिजमा टप ७ बाट बाहिरिएकी प्रमिला राईको यात्रा उपाधी जिते भन्दा कम छैन । आईडलबाट बाहिरिए पनि दर्शक, श्रोताको रोजाई बनेकी प्रमिलालाई देश र विदेशको कार्यक्रममा भ्याई नभ्याई छ ।
 
धरान समाजले आयोजना गरेको सांगितीक कार्यक्रममा आएकी प्रमिलाको शनिबार एकल प्रस्तुति सम्पन्न भएको छ । हङकङ स्थित हंग्री आई रेष्टुरेष्ट एण्ड बारमा सम्पन्न एकल प्रस्तुतिमा प्रमिलाले दर्शकको रोजाई अनुरुपका गीतहरु प्रस्तुत गरिन ।
 
सविन राईको ‘मलाई अङ्गाली देउ’, कुन्ति मोक्तानको ‘धरान धनकुटा’ लगायतका गीत प्रस्तुत गर्दा दर्शकहरुले भरपूर साथ दिएका थिए । कार्यक्रम हङकङमा फोटोग्राफीबाट चर्चित मज्जाको राईको प्रडक्सन ‘मज्जाको हङ्कङ‘ र ‘एच.के नेप्लिज मोवाईल फोटोग्राफी गु्रप’ले संयुक्तरुपमा आयोजना गरेका हो ।

दर्शकहरुको बाक्लो उपस्थितमा सम्पन्न कार्यक्रम सोचेको भन्दा भब्य भएको आयोजक निकेश गुरुङ् बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *