अनोज रोक्का
पारुहाङ् साँझ दोश्रोमा नेपाली माईकल ज्याक्सन भनेर चिनिने पप गायक धिरज राईले हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन दिए । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने शन्देश सहित स्टेजमा उत्रेका राईले ‘बुद्ध वाज वन ईन नेपाल’, ‘लुकी लुकी’, ‘सोई ढोले सोई’ लगायतका गीत प्रस्तुत गरे । कार्यक्रममा ‘राई ईज किङ्’ राजेशपायल राईले पनि आफ्ना आधादर्जन गीत मार्फत धित मरुन्जेल नचाए ।

‘जोगियाको फेरिले मनै रुवायो’ भन्दै स्टेजमा प्रवेश गरेकी गायीका बेनुका राईको शालिन प्रस्तुतले दर्शकहरुको मन जित्यो । पछिल्लो समय आफ्नो अब्बल गायीकीले दर्शक, श्रोताहरुको प्रिय बनिरहेकी नेपाली संगितमा मास्टर्स बेनुका चर्चित नायक दयाहाङ् राईको श्रीमति पनि हुन् ।

नेपाली सांगितीक आकाशमा आफ्नो छुट्टै प्रस्तुतीले पछिल्लो समय चर्चा कमाईरहेकी मीना राईले माझी दाई, अलि अलि जवानी लगायतका गीत गाउँदा वातावरण गर्मिलो भएको थियो ।
कार्यक्रममा तयाहाङ्मा राईको प्रस्तुतीलाई पनि रुचाईयो । उनका आधुनिक धारका गीतहरुले दर्शकलाई शान्त बनायो ।

कार्यक्रमको अर्को आकर्षण दमन रुपाखेती र पार्वन राई (राई बुढा) थिए । ‘संसारमा जहाँ गए पनि हामी नेपाली हौ, जात, भुगोल र वर्गको आधारमा विखण्डन नभईकन एकता भई नेपालीको परिचय दिऔ’ भन्ने शन्देश मुलक प्रहसन गरेका दमन र पार्वनले पर्याप्त तारिफ पाए ।

किरात राई चाम्लिङ् खाम्बातिम हङ्कङको आयोजनामा सम्पन्न कार्यक्रम सुप्तुलुङ् खिम (चुला घर) सहयोगार्थ आयोजना गरिएको हो ।

हामीले सोचेभन्दा बढि दर्शकहरुको साथ र सहयोग पायौं । नेपाली संगित र जातिय उत्थानका लागि गरिएको प्रयास अझ उर्जाशिल भएको छ, कार्यक्रम संयोजक जय चाम्लिङ् बताउँछन् ।

धरान साँझमा आधा दर्जन कलाकार
धरान हङ्कङ मञ्चको आयोजनामा मंगलबार सम्पन्न अर्का कार्यक्रम “धरान साँझ”मा आधा दर्जन कलाकारहरुले आफ्ना प्रस्तुती दिए ।

कार्यक्रममा नेपाल आईडल टप ७ प्रमिला राई, गायीका प्रश्ना शाक्य, गायक गंगा बरदान, नेपाली तारा सेकेण्ड रनरअप शुरेश लामा, प्रशान्त शर्मा, मनोज मोते, मिस पूर्वाञ्चल रुबी लिम्बु लगायतले आफ्ना चर्चित गीत मार्फत हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन दिए ।

तस्बिर : गणेश मगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *