अनोज रोक्का
४ जनवरी २०१८

रामबाबु गुरुङ् निर्देशित बहुप्रतिक्षित चलचित्र ‘मिस्टर झोले’ हङकङमा प्रर्दशन हुने भएको छ ।

यहि १४ जनवरी २०१८ का दिन हङ्कङ स्थित युङ्लङ थिएटरमा बेलुकी ८ बजेबाट फिल्म प्रर्दशन हुनेछ । मृगौला पिडीत दिलुमाया गुरुङ्को सहयोगार्थ प्रर्दशन गर्ने लागिएको फिल्मलाई हङ्कङका युवाहरु अरुण राई, जीवन गुरुङ्, देब गुरुङले संयुक्तरुपमा प्रर्दशनको जिम्मा लिएका छन् ।

हङकङमा दयाहाङको क्रेज गज्जबको छ । दयाका पछिल्ला चलचित्रहरु ‘कबड्डी कबड्डी’, ‘बीरविक्रम’ले हङ्कङेली दर्शकहरुको मन जितिसकेको छ । दयाको क्रेजसँगै सामाजिक परोपकारको लागि फिल्म प्रर्दशन गर्न लागिएको हो संयोजक मध्येका एक अरुण राई बताउँछन्,  ‘दर्शकहरुको साथ र सहयोग भरपुर रहने छ उनको विश्वास छ ।’

 चलचित्र प्रर्दशनीलाई अझ विशेष बनाउँनका लागि चलचित्रका निर्देशक रामबाबु गुरुङ्, मुख्य कलाकारद्धय दयाहाङ् राई र दिया पुन पनि हङ्कङ आउँदैछन् ।

रामबाबु निर्देशित फिल्म मिस्टर झोले पौष २८ गतेबाट अल नेपाल रिलिज हुनेछ । दिपेन्द्र के खनाल निर्देशित सफल चलचित्र ‘झोले’को सिक्वेल भनेपनि कथानकरुपमा पूर्ण फरक रहेको बताउँछन् निर्देशक गुरुङ् । चलचित्रमा दयाहाङ्का अतिरिक्त बर्षा राउत, दीया पुन, अरुणा कार्की, वुद्दि तामाङ, बिजय बराल, पुष्कर गुरुङ, प्रविण खतिवडा, कमलमणि नेपाल, सरोज अर्याल लगायतको अभिनय रहेको छ ।

टे«लरबाटै निकै नै चासोकोरुपमा हेरिएको फिल्म मिस्टर झोलेमा टेकेन खड्का, ओम चन्द रौनियार, अर्जुन कार्की र मनिराम पोख्रेलको लगानी रहेको छ । । रौनक विक्रम कँडेल चलचित्रका कार्यकारी निर्माता हुन् ।शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीको चलचित्रमा संगीत छ ।

ट्रेलरमा प्रयोग गरिएका संवादहरु रोचक र रमाइला छन् । गाँउले सेटिङमा यो चलचित्र खिचिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *