किशोर श्रेष्ठ

उर्लाबारी, २३ पुस 

पछिल्लो समय साँगीतिक क्षेत्रमा नव प्रवेशी कलाकारहरुको आगमन बढ्दो छ । व्यवसायिक रुपमा सफल हुनेहरु कमै भएता पनि गायनमा भविष्य देख्नेहरु नामसँगै दाम कमाउने लक्ष्य बोकेर संगीत क्षेत्रमा होमिएका छन् । यहि भिडमा लामवद्ध छ्न्, मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिकाका राजन पाँण्डे ।

सानै देखि गीत संगीतमा रुचि राख्ने राजन, एक दिन आफ्नै गीत रेडियो ,टेलिभिजन देखि गाँउदेखी शहरसम्मै गुञ्जाउँछु भन्ने सपना बोकेर यस क्षेत्रमा होमीएका हुन् ।

उनको एकल शव्द, सँगीत अनि स्वरमा रहेको पहिलो गीत “राती राती”को रेकर्डिङ झापाको दमकमा रहेको एक स्टुडियोमा अघिल्लो महिना मात्र गरिएको थियो । पहिलो गीत रेर्कड गरेसँगै वैदेशिक रोजगारीका शिलशिलामा साउदी पुगेका राजन यतिबेला आफ्नो दोस्रो गीत “दिलले मताउँ मलाई प्यारले सताउ” बोलको गीतको तयारीमा जुटेका छन् । उक्त गीतमा पनि राजनको एकल शव्द, सँगीत र स्वर रहनेछ ।

यसैगरी उनको अर्को गीत “चाहे रात बितोस् वा दिन बितोस्” बोलको गीतमा भने गायक तथा सँगीतकार विनोद खम्बुको सँगीत रहने छ भने शव्द र स्वर स्वम् राजनको नै हुनेछ । हाल साउदीमा रहेका उनी चाँडै नेपाल आउने क्रममा छ । नेपाल बसाइमा उक्त गीतहरुको काम सक्ने योजना रहेको पनि उनले बताए ।

आफ्नो सानै देखिको सँगीत प्रतिको लगाभलाई पुरा गर्न यस क्षेत्रमा सदैव कटिबद्ध भएर लाग्ने र एकदिन आम दर्शकस्रोताको मन जित्नेमा आफू ढुक्क रहेको पनि उनले बताएका छन् । उनको दृढ विश्वास ,मेहनत, लगनशीलता र धैर्यताले दर्शक, श्रोता माँझ यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँन सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *