उर्लाबारी, २५ पुस

साहित्यकार तथा गीतकार कृष्ण उदाशीको शब्द रहेको गीत ‘नत्र ट्राफिक जाम हुन्छ दमक बजारमा’को म्यूजिक भिडियोको छायाँकन सकिएको छ ।

गायक गौरभ दर्पण र गायीका माया गजुरेलको स्वरमा समावेश उक्त गीतको छायांकन झापाको दमकका विभिन्न स्थानहरुमा गरिएको गीतकार उदाशीले बताए ।

गीतमा गौरभ दर्पणको संगीत रहेको छ भने भिडियोमा कलाकारहरु विनोद न्यौपाने र अन्जली अधिकारीले मोडलिङ गरेका छन् । गीतको निर्देशन गायक तथा संगीतकार गौरभ दर्पण आफैले गरेका हुन् भने छायांकन सुमन योञ्जनले गरेका छन् ।

कवि मिलनको कोरियोग्राफी रहेको भिडियो आगामी १६ दिन भित्रमा सार्वजनिक गर्ने निर्देशक गौरभ दर्पणले बताएका छन् । निर्देशक दर्पणका अनुसार भिडियोको छायांकन उत्कृष्ट भएकाले सबै दर्शक स्रोताहरुको मन जित्नेमा ढुक्क रहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *