अनोज रोक्का, हङ्कङ
पाथिभरा क्लब हङ्कङको प्रस्तुती ‘पाथिभरा साँस्कृतिक साँझ’ दोश्रोमा कलाकारहरुको जम्बो टोलीले भरपूर मनोरञ्जन प्रदान गरेका छन् ।

कार्यक्रममा प्रथम नेपाली तारा गायक दिपक लिम्बु, गायिका मिलन अमात्य, उदयीमान गायक रुकमान लिम्बु, गायिका शिला राई, हास्यकलाकार गणेश ईशारा राई र नृत्याङ्गना आयुषना राईले धमाकेदार प्रस्तुती दिए ।

रुकमान लिम्बुको ‘तिमीलाई म के भँनु’ बाट शुरु भएको सांगितीक प्रस्तुती पूर्वेली भाकामा गएर टुङ्गिएको थियो । गायिका शिला राईले पनि चर्चित लोक, आधुनिक गीत मार्फत दर्शकहरुलाई मन्त्रमुग्ध पारिन । हास्यकलाकार गणेश ईशाराको अब्बल प्रस्तुतीले पनि दर्शकहरुलाई पेट मिचिमिची हँसायो, राईले समसामायिक ब्यङ्ग्यसँगै क्यारिकेचर मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे ।

कार्यक्रमका प्रमुख आकर्षण प्रथम नेपाली तारा गायक दिपक लिम्बु र चर्चित गायीका मिलन अमात्यको प्रस्तुतीले दर्शकहरुलाई चुप बस्न दिएन । ‘म रङ् हुँ, तिमी रंग होली’ भन्दै स्टेजमा उत्रिएका दिपकले आधा दर्जन गीत गाउँदै वाहवाही बटुले । गायीका मिलनले ‘विश्व शुन्दरी भाकी छु’, ‘स्लोली स्लोली’ लगायत आफ्ना चर्चित नम्वर मार्फत हङ्कङेली दर्शकहरुलाई नचाईन ।

तेह्रथुमे ढाका बुटिकको पहिरनमा सजिएका कलाकारहरुले मध्यरात सम्म कार्यक्रमको वातावरण गरम बनाएका थिए ।

कार्यक्रम शिक्षा, खेलकुद तथा दैवी प्रकोप सहयोगको लागि पाथिभरा अक्षयकोष स्थापना सहयोगार्थ आयोजना गरिएको हो । हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा सम्पन्न कार्यक्रम याङ्जोम शेर्पाले सञ्चालन गरेको थिईन । सम्पन्न कार्यक्रम भब्य र सभ्य भएको संयोजक हेमराज अछङ्बो लिम्बु बताउँछन् ।

तस्बिर : ब्लाक पिग प्रडक्सन & जेपेटी एच.के.

Leave a Reply

Your email address will not be published. Required fields are marked *