पथरी समाचारदाता
आइतबार, माघ २ गते
मोरङको पथरीशनिचरे नपा २ स्थीत बुद्ध युथ क्लबले दोस्रो नगर स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले आइतबार पथरीशनिश्चरे नपा १ स्थीत मोनहोर होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।

नगर स्तरीय फुटबल माघ ८ गते देखि फागुन २२ गते सम्म पञ्चायत उमाविको प्रागङ्गनमा हुने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा नगरको १५ वडाको सवै टिमहरु सहभागी  गराउने आयोजकको दावी गरेको छ ।

प्रतियोगिताको विजेतालाई ३० हजार रुपैया र उपविजेतालाई १५ हजार रुपैया साथमा ट्रफी,मेडल र प्रमाण पत्र दिने खेल संयोजक विक्की राईले पत्रकार सम्मेलनमा बताए । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द सिरीज,उत्कृष्ट खेलाडी,वेस्ट गोलरक्षक,वेस्ट डिफेन्डर,वेस्ट खेलाडी,वेस्ट कोच र खेल अवधि भर उत्कृट गोल कर्ता लाई नगद सहित पुरस्कार प्रदान गरिने क्लब अध्यक्ष मदन आले बताए ।

प्रतियोगिताको खर्च आर्थिक संकलन र पथरीबाट बैदेशिक रोजगारको लागी विदेश रहेको नेपालीहरुबाट जुटाउने आयोजक टिमले जनाएको छ । खेल सम्पन्न गर्न २ लाख ५० हजार रकम खर्च हुने आयोजकले अनुमान गरेको छ । नगर स्तरीय फुटबल प्रतियोगीतामा खर्च गरेर बचेको रकम सामाजीक काममा खर्च गर्ने आयोजकले बताएका छन् ।

पथरीशनिचरे नगरपालीकालाई फुटबलको माध्यमबाट समाज तथा सहरको बिकास गरेर नगरलाई चिनाउने,स्थानीय खेलाडी युवाहरुको खेलकुदको विकास गर्ने उदेश्यले प्रत्येक बर्ष फुटबल प्रतियोगिताको आयोजना क्लबले गदै आएको छ । गत बर्ष प्रथम १५ हजार र दोस्रो हुनेलाई ८ हजार रुपैया पुरस्कारको ब्यवस्था गरिएको  थियो ।
फोटोहरु पनि पठाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *