कोशेली संवाददाता
जनवरी १८ / २०१७
दयीमान गायक मेघराज मग्रातीको स्वरमा प्रेममय गीत ‘समय मिलाएर’ सार्वजनिक भएको छ ।

हङ्कङलाई कर्मथलो बनाएका बल्लभ रोकाको शब्द मेघराज स्वंयमको स्वर, संगित र चन्दु गोर्खालीको एरेन्जमा तयार पारिएको गीतले छोटो समयमा नै श्रोताहरुको मन जितिरहेको छ । “सकारात्मक कमेन्टहरु आईरहेको छ, प्रेमिल शब्द र लयलाई श्रोताहरुले मन पराईदिनु भएको छ भने मेरो आवाजको प्रशंसा पनि धेरै आईरहेको छ गायक मेघराज बताउँछन् ।”

 ‘जव कसैको माया लाग्छ, अनि उसलाई ह्रदयमा सजाउँन थालिन्छ’ त्यो बेलाको फिलमा आधारित छ यो गीत, प्रेम गर्ने हरेक मुटुहरुका लागि प्रिय हुन सक्छ गीतकार बल्लभ बताउँछन्, पहिलो प्रयास भए पनि गीतलाई शब्द मार्फत सजिवता दिने भरपूर प्रयास गरेको छु, सवैको प्रिय गीत बन्छ उनी सुझाउँछन् ।

आर.बी म्युजिक कम्पनीमा रेर्कड गरिएको गीतलाई वल्र्ड वाईल्ड ईन्टरटेनमेन्ट क्रियसनले बजारमा ल्याएको हो ।

सार्वजनिक गीतले मायालुको तारिफसँगै भेट्नका लागि आग्रह गरेको छ । गीत सुन्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् । 

“सपनीमा देख्छु तिमीलाई बिपनी झै गरि, धर्तीमा नि लाग्छ तिमीलाई, स्वर्ग कि झै परी !

तिमीलाई भेट्न पाए कस्तो हुन्थ्यो होला, खडेरीमा पानी पाए जस्तो हुन्थ्यो होला !!

तिमी आउँ न ! आउ चौतारीमा !

समय मिलाएर,  समय मिलाएर !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *