करन धिताल

पथरी, जनवरी ३१ / २०१७

गौरभ दर्पण र श्रृष्टि हिङमाङको आवाजमा सजिएको सिंगै पुर्वाञ्चलको प्रतिनिधि गीत ‘जता हेरे पनि हजुर पूर्वै रमाइलो” विश्वब्यापी रुपमा युट्युव मार्फत् सार्वजनिक भएको छ ।उक्त भिडियोलाई अल्लारे म्युजिक च्यानलले युटुब मार्फत सार्वजनिक गरेको हो ।

२०६५ सालमा इटहरीमाआयोजित प्रतियोगितामा प्रथम भएको गीत थियो ‘पूर्वै रमाइलो’ । उक्त गीति एल्बम पाइला मार्फत् ट्रेडभिजन इन्भेष्टमेन्ट प्रा.लिले अडियो सार्वजनिक गरेको थियो । त्यसपछि विभिन्न चाडबाड, पूजाआजा, पिकनिक, देउसी नाच लगायतमाअत्यधिक लोकप्रिय भयो । आजसम्म पनि विवाह, पार्टी, सेमिनार आदिमा उत्तिकै ढंगले यो गीतमा कम्मर मर्काइन्छ ।

पूर्वमा यो गीत नसुन्ने, यो गीतमा ननाच्ने सायदै कोही होला । कमला खनालको संगीत, गौरभ दर्पणको शब्द रहेको गीतलाई पवनवाङ लामाले संगीत संयोजन गरेका छन् भने मित्र लामाले संगम स्टुडियोमा ध्वनी सम्पादन गरेका हुन् । भिडियोमा सुप्रिया कटुवाल र दीपक बास्तोलाले अभिनय गरेका छन् ।

सन्तोषकुमार श्रेष्ठ र आशिका भन्डारीको लगानीमा बनेको भिडियोलाई अर्जुन तिवारी, राम केसी र चर्चित ढुंगेलले पूर्वका विभिन्न धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलमा छायांकन गरेका छन् भने कविमिलन र दिनेश माङमुले नृत्य निर्देशन गरेका छन् । गायक तथा परिकल्पनाकार गौरभ दर्पणको यो गीतलाई शान्तिक कोइरालाले निर्देशन गरेका हुन् ।

भिडियोमा युनिक डान्स सेन्टर उर्लाबारी र समाज सुधार समूह नेपाल चुलाचुली इलामका कलाकारको नृत्य देख्न सकिन्छभने पाख्रीवास साहित्य समाज धनकुटाका कलाकारहरुको पनिअभिनय देख्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *