अनोज रोक्का
१३ औ एल.जी नाईटमा जितु नेपाल (मुन्द्रे) र सन्दिप क्षेत्री (मिठाई लाल) को प्रस्तुतीले हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन दियो ।

कार्यक्रम प्रस्तोता समेत रहेका मुन्द्रेको प्रस्तुतीले हल हाँसोले गुन्जिएको थियो । मिठाईलालको भेषमा समेत देखिएका सन्दिपको समसामयिक ब्यंग्यले वाहवाही बटुल्यो ।

हङ्कङ स्थित युङ्लोङ थिएटरमा सम्पन्न कार्यक्रममा १९७४ एडीको क्रेज पनि कम थिएन ब्याण्डको आधा दर्जन लाईभ गीतबाट दर्शकहरुलाई नाँच्न बाध्य बनायो ।

गायक तथा संगितकार कालीप्रसाद बास्कोटाका चर्चित गीतहरु “पारी त्यो डाडाँमा”, “नीर जहिल्यै रिसाउँने” लगायतले दर्शकहरुलाई चुप बस्न दिएन । वाईल्ड रिपर्ज डान्स गु्रपको प्रस्तुतीले सवैलाई चकित बनायो रिपर्जको विवोईङ् गु्रप डान्सले पनि पर्याप्त वान्समोर पायो ।

विशाल गुरुङ्को प्रस्तुती रहेको नाईटलाई चेतन गुरुङ् र हिमाल रानाले आयोजना गरेका हुन् ।

तस्बिर : जेपिटी एच.के.

Leave a Reply

Your email address will not be published. Required fields are marked *