मोरङ २६ / माघ

उद्योगपती एव्म समाजसेवि दिनबन्धु गोयलको लगानीमा मोरङको रमाईलो बजारमा पिउनेपानीको व्यवस्था (सार्वजनीक) धाराको ब्यवस्था मिलाई दिनु भएको छ ।

एक महिना अघि उज्जवल भबिष्य बाल समूहको सम्मान कार्यक्रममा समाजसेवि गोयलले रमाईलो बासीकालागी स्वच्छ खानेपानीको प्रबन्ध मिलाउने बचन दिए बमोजिम स्थानीय बालबालीकाको सहयोगमा खानेपानीको (सार्वजनीक) धाराको प्रबन्ध मिलाईएको हो ।

एक समारोहका बिच उद्योगपती गोयलले सो सार्वजनीक धाराको उद्घाटन गर्नुभयो । स्थानिय बालक्लबको अगुवाईमा भएको कार्यक्रममा समाजसेवि गोयलले स्थानीय लक्ष्मी नारायणमन्दिरलाई नगद ३१ हजार सहयोग समेत गर्नुभएको थियो । रमाईलो क्षेत्रका अपाङगताभएका एक दर्जन बालबालीकालाई स्कुल ब्याग तथा न्यानो कपडा समेत वितरण गर्नुभएको थियो । सो अबसरमा स्थानिय बासीले उद्योगपती एव्म समाजसेवि गोयललाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । सो क्षेत्रको बिकासकालागी गोयलले गरेको सहयोगको योगदानको चर्चा समेत गरेका थिए ।

विद्या दुलालको सभापतीत्वमा सम्पन्न कार्यक्रममा स्थानियले सो क्षेत्रको विकासका लागी गायक सुमित खड्काको महत्व पुर्ण भुमिका खेलेको भन्दै अविर र खादाले सम्मान गरेका थिए । सो खानेपानि सेवाबाट एक हजार स्थानीय बासी लाभान्वित हुने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *