कोशेलीएचके संवादाता,

११फेब्रुवरी , हङ्कङ्

हंङकङ्को  इतिहासमा स्थानीयहरुको सातो जाने गरि भएको पहिलो एमटीआरमा आगोलागि भएको  घटनामा १८ जना घाईते भएकाछन ।

स्थानिय पत्रिका एप्पल दैनिकले जनाए अनुसार ६० बर्षिय बृदले रिसको झोंकमा अत्यन्त प्रज्वलनशिल पदार्थ आफ्नो जिउमा खनाउदै ” तिमीहरु सबैलाई मार्छु भन्दै आगोलगाएको थिए। ” सार्वजनिक यातायात भित्रनै आगो लगाएपछि आतङ्कारीले बम हमलागरेकोझै कोलाहल बातावरण भएको थियो ।हङकङ प्रहरीको भनाइमा अस्पतालमा भर्ना भएको छोराका कारण हङ्कङको चिम्साचुई एमटिआरमा एक ६०बर्षिय बृदले आफ्नो ज़िउमा आगोलगाई आत्मदाह गर्न खोज्दा आगोलागि भएको हो।आतंककारी हमलाको आशंकामा १६० जनाको विशेष प्रहरी दस्ता परिचालन गरिएको यो दुर्घटनामा च्यूङ थरका ति घाइतेलाई गिरफ्तार गरिएको छ। उनको अस्पतालमा उपचार भैरहेको बताइएको छ।उक्त घटना आतङ्ककारी हमला नभई ब्यक्तिगत कारणले घटेको दुर्घट्ना भएको कुरा याउचिमोङ जिल्ला प्रहरी कमाण्डर कोक पाक चुङले बताएका छन्।