imageकिशोर श्रेष्ठ,

१४फेब्रुवरी,उर्लावारी,

झापाको ताराबारीमा मन्टेश्वरी स्कूल सञ्चालनमा विद्याकी अधिष्ठात्री सरस्वतीको आराधना गर्दै झापाको दमक–१६ स्थित ताराबारीमा मन्टेश्वरी स्कूल सञ्चालनमा आएको छ । ए–वान मन्टेश्वरी प्रि–प्राइमेरी स्कूल नाममा दर्ता भई शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । गुरुप्रसाद मैनाली, मोहन धिमाल, भीम मगर र होम चापागाईंको लगानीमा सञ्चालनमा आएको सो मन्टेश्वरीमा ३० जना बिद्यार्थीहरुलाई पहिलो चरणमा राख्ने योजना रहेको संस्थापक निर्देशक गुरुप्रसाद मैनालीले बताएका छन् । करिब २० लाखको लागतमा सुरु गरिएको सो मन्टेश्वरीनिकट भबिष्यमा कक्षा २ सम्म पु¥याइने मैनालीको भनाई छ । उनका अनुसार दक्ष तथा अनुभबी शिक्षक तथा शिक्षकाबाट मन्टेश्वरीका कक्षा सञ्चालन गरिने छ । imageimage

Leave a Reply

Your email address will not be published. Required fields are marked *