गणेश मगर २१, फेब्रुवरी / २०१७ २० बर्ष कि प्रगती पुन मगर नृत्यलाई आफ्नो करियर बनाउँन चाहन्छीन । तँनहु जिल्ला दुले गौडा २ कोत्रे नरसरीमा जन्मिएकी प्रगति आफुलाई जस्तो प्रकारको गीतमा पनि नृत्य गर्न सक्ने एक कलाकार ठान्छिन भन्छिन् – “मेरो तर्फबाट सधै उत्कृष्ट गर्ने प्रयास गरिरहेको छु ।” भबिष्यमा कुशल प्रशिक्षकसँगै नृत्यका विभिन्न विधाहरु मोडलिङ, अभिनयका क्षेत्रहरुमा समेत आफुलाई उभ्याउँने तयार गरिरहेकी प्रगतिको नृत्यहरु युटयुवमा चर्चित भईरहेका छन् । स्कुल, मेला, पर्व तथा विभिन्न स्थानिय स्टेजहरुबाट खारिदै आएकी प्रगतिलाई क्रिस्टल डान्स क्रियुले अझ अगाडी बढ्नका लागी थप साथ र सहयोग गरिरहेको छ । देव, प्रविन, कुशल, सुधिर, शन्देशसँग कभर गीतहरुसँगै स्टेजमा पनि देखिन्छीन प्रगती । क्रिस्टल डान्स क्रियुले भर्खरै चलचित्र पुरानो डुङ्गाको नीर जहिल्यै रिसाउँने बोलको गीतको कभर नृत्यमा ३० भन्दा बढि प्रतियोगीहरुलाई माथ खुवाउँदै नगद एकलाख पचास हजार जितिसकेको छ, जसमा प्रगती लगायतका सदस्यहरुको उत्कृष्ट नृत्य देख्न सकिन्छ । क्रिस्टलले बाउ बाजेको पालाको बोलको गीतमा कभर डान्स गरेको भिडियोलाई पनि अत्यधिक रुचाईएको छ, यसबाट आफ्नो करियरसँगै दर्शकहरुको माया पाउँनेमा ढुक्क छीन प्रगति ।

प्रगतीसँगै क्रिस्टल डान्स क्रियुको नृत्य हेर्नका लागि

तलको लिकंमा क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *