image
सागको रेकर्ड

अनोज रोका , हङकङ

दक्षिण एसीयाली खेलकुदमा प्राप्त उपलब्धीहरुलाई हेर्दा नेपालले राम्रो प्रर्दशन गरेकोछ। तरपनि तुलनात्मकरुपमा धेरै कम पदकमा मात्र चित बुझाउनु पर्‍यो । जुडो , उसु र पुरुस फुटबलमा स्वर्ण पदक र अन्य खेलहरुमा रजत र कास्य गरि जम्मा ६० पदक जितेकोछ। 

नेपालले प्राप्त गरेको रेकर्ड

स्वर्ण – ३           रजत – २३             कास्य – ३४

image
स्वर्ण पदक विजेता – निमा घर्ति

यो पदक तालीकालाइ हेर्दा नेपालको प्रर्दशन सन्तोषजनक मात्र हैन निकै कमजोर प्रर्दशन मान्नु पर्दछ। नेपालले साग खेलकुदमा धेरै विधामा सहभागी भयो तर नेपालमा थोरै खेलको मात्र चर्चा र बहस भयो । किन नेपाली मिडियाले सबै खेलको चर्चा सोचे अनुरुप गरेन्न्? के खेल र खेलाडीको पक्षमा यस्तो गर्नु कतिको जायजछव। राष्ट्रीय स्तरका खेलाडिहरु सबैलाई राष्ट्रले एउटै बयवहार गर्नु पर्दैन र ? कुनै खेलको चर्चा बढि र कुनैको किन कम ? के एउटै स्तरका पदकपाउनेररुलाई राष्ट्रले सौतेनीले गर्ने जस्तो बयवहार कति सान्दर्भिक छ?

फुटवल खेलाडिलाई सम्मान गर्दै राजधानीमा
फुटवल खेलाडिलाई सम्मान गर्दै राजधानीमा

यि कुराहरु हेर्दा पनि मिडियाले पनि केहि बिभेद गरेको होकि भन्ने आम नेपालीहरुको बुझाइ रहेको छ । फुटबलको सफलताले अरु खेलको सफलतालाई छायामा पार्‍यो जुन दुखद पक्ष रहयो । हो फुटबलमा नेपालले २३ वर्ष पछि स्वर्ण जितेको हो । अनी आयोजक भारतलाई उस्कै मैदानमा हराएको हो । सम्मान गरीनु पर्दछ । यो कुरामा कुनै दुइमत नहोला । तर यहाँ फुटबल टिमलाई तेत्रो सम्मान गर्दा उसुका खेलाडीहरु झापामा बिजोक भएको कुरामा किन सम्वनधित निकाय बेखवरछ ? किन बिजोग बनाइयो ? फुपुलाह्मु खत्रिले पाएको स्वर्ण र निमा घर्तिले पाएको स्वर्ण पदक फुटवल खेलना पाएको पदक भन्दा फरक हो र? हैन भने छायामा पार्नेकाम किन गरियो ? के उनि हरुले दुखनै नगरी स्वर्ण हात पारेका हुन त ? कि फुटबल खेलाडिमात्र खेलाडि हुन ? के एकको सफलताले अर्को सफलतालाई बिर्सनु हुन्छ ?
हामीले फुटबल खेलाडिहरुलाई सम्मान गरेका छौ बिरोध होइन । सम्मान ति सबै खेलाडिहरुलाइ हुनुपर्दछ जसले यो देशकोलागी खेलेका छन । देशको माटोकोलागि खेलेका छन तर यहाँ ठिक यसरी चर्चा गरीयो कि हामिले फुटबलमात्र जितेका छौ । के सम्मान फुटवल जितेका लाई मात्र गर्ने हो ? पुरुस फुटबल लाई नगर घुमाएर यत्रो सम्मान हुदा रजत जितेर आएका नेपाली महिला फुटबलको टिमको चर्चा किन भएन ? । के उनिहरुलाई चाहि हैसला बढाउनु पर्दैन ? महिला फुटवल टिमले छोटों समयमा नेपालको ईतिहासमा जुन सफलता प्राप्त गरेकोछ त्यो सिङ्गो नेपाली महिला खेलाडिहरुकोलागि एउटा उत्साह र जोस हो त्यसलाईपनि हामीले भुल्न हुदैन ।

फुटवल खेलाडिलाई सम्मान गर्दै राजधानीमा
फुटवल खेलाडिलाई सम्मान गर्दै राजधानीमा

image

फुटबल टिमलाई रातारात हिरो बनाउदै गर्दा यहि देशको प्रतिनिधित्व गरेर गएका केहि खेलाडि बेखर्चि भएर बाटो बिजोक भएको समाचारहरु आए । यो समाचार साचो हो भने उनिहरुलाई किन यस्तै गरीयो ? किन कसैलाई काखा र कसैलाइ पाखा गरीदैछ ? यहि फुटबल टिमले पनि खराब प्रर्दशन गरेको भए सायद यहि हबिगत हुने थियो होला । अनि रजत र कास्य जितेका खेलाडीहरुलाई त पुरै बिर्सिएको जस्तो गरीयो । जुन दुखद पक्ष हो ।
नेपाली खेलकुदमा एक अच्चमको संस्कार बिकास भएर आएको छ । जुन राम्रो संस्कार होइन । हामि कुनै खेल जितेर आयो भने बढि हल्ला गर्छौ । एयरर्पोटमा फुलमाला सहित जान्छै । तर हारेर आयो भने कुने वास्ता गर्दैनै । सबै खेलाडिहरु जित्नकै लागी खेलेका हुन्छन । खेलमा हार जित हुन्छ तर सबैले स्वर्ण पदक प्राप्त गर्दैनन् तर यहाँ स्वर्ण पदक पाउनेलाई समेत काखा र पाखा गरिनु दुखद कुरा हो । यो संस्कार देख्दा यो पङतिकारलाई आसु आउछ । यो हाम्रो गलत मानशिकताको उपजहो । हमि यस्ता मानसिकताबाट मुत्त हुनु पर्छ । खेलाडीहरु देशको गहना हुन । सबै खेलाडि सम्मानयोग्य छन । सबैलाइ सम्मान गरीनु पर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *