किसोर श्रेष्ठ
उर्लाबारी २४ फागुन
मोरङको उर्लाबारीमा संचालित सोलुसन कम्प्युटर एण्ड टेक्निकल टेनिङ सेन्टर प्रा.लिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट तालिम सम्बन्धि स्विकृती पाएको छ ।

उर्लाबारी ४ ईटहरा रोडस्थित सो संस्थाले पूर्वी मोरङ मै पहिलो पटक व्यावसायिक तथा जिवनोपयोगी सिटिईभिटीईद्धारा प्रदान गरिने शिक्षा प्रदान गर्ने संस्थाका अध्यक्ष सुमन अधिकारीले दाबी गरेका छन् । कम्प्युटर अपरेटर, कम्प्युटर मर्मत, मोवाईल मर्मतका साथै रेडियो टिभि मर्मत र अन्य सिपमुलक तालिमका लागि उक्त संस्थाले स्विकृती पाएको हो ।

स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्य सहित संस्था स्थापना गरेको अध्यक्ष सुमन अधिकारी जानकारी गराएका छन् । विभिन्न सिपमुलक तालिमका लागि प्राविधिक शिक्षाबाट मान्यता पाएसँगै अझ यस क्षेत्रमा समाज विकासका निमित्त दक्ष जनशक्ति उत्पादन गर्नमा बल मिलेको पनि उनले बताएका छन् । उनले भने, ‘आर्थिक अवस्था नाजुक भएका र अब्बल विद्यार्थीहरुलाई भिजन फाउन्डेशन नेपाल मार्फत निःशुल्क तालिम प्रदान गर्नेछ । उर्लाबारीमा रहेको अनाथ आश्रममा आश्रित एसएलसी दिने विद्यार्थीहश्रलाई संस्थाले निःशुल्क सबै विषयको टिउसनका कक्षाह? उपलव्ध गराएको छ ।’ ब्रिज कोर्षको समेत पढाइ हुने सो सेन्टरमा पढेका विद्यार्थीहरुले नेपाल कै उत्कृष्ट कलेजहरुमा नाम निकाल्न सफल भएका उनले दाबी गरेका छन् ।

भविष्यमा टी एसएलसी कार्यक्रम अन्तरगतका कक्षा, ल्याब असिष्टेन्ट, अनमी, स्टाफ नर्स, एचएका कक्षा समेत संचालन गर्ने योजना रहेको उनले बताएका छन् । हाल करीव २ सय ५० जना विद्यार्थीहरु संस्थामा आबद्ध रहेका छन् । विभिन्न विषयमा दख्खल रहेका अनुभवी प्रशिक्षकहरुद्धारा सहज र सरल रुपमा संस्थाले ट्रेनिङ गराउदै आएको छ । विदेश जानेहरुका लागि पनि विभिन्न सिपमुलक तालिम प्रदान गर्नुका साथै जापानिज तथा कोरीयन भाषाका कक्षाहरु पनि गराउँदै आएको छ । निकट भविष्यमा मेशन, कार्पेन्टर, भोकेशनल, बुटिक, पार्लर लगायतको ट्रेनिङ क्लासह?को आयोजना गर्ने सोच रहेको अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *