फोटो – ज्यापस्टुडियो

अनोज रोक्का
९ मार्च २०१७

ङ्कङमा अन्र्तराष्ट्रिय महिला दिवस भब्यताका साथ सम्पन्न भएको छ । महिला दिवसलाई विशेष बनाउँनका लागि नेपालबाट अपांङ् महिला संघकी बरिष्ठ सल्लाहकार टीकादेबी दाहाल, सदावहार गायक आनन्द कार्की, प्रतिभाशाली मनोजकुमार चन्द लगायतलाई निम्त्याईएको थियो ।

टीकादेबीको प्रेरणादायी कथा प्रस्तुत गरिएको कार्यक्रममा उनको संस्था अपांङ् महिला संघलार्ई १ लाख ५० हजार आर्थिक सहयोग घोषणा गरियो । कार्यक्रमको आकर्षण रहेका गायक आनन्द कार्कीले पनि आफ्ना चर्चित आधा दर्जन गीत मार्फत दर्शकहरुलाई छमछमी नँचाए । कार्कीले ‘वनमा फुल्यो फुल’, ‘भरे आउँछु सपनीमा’, ‘तिम्रो मायाले’ लगायत गीत सुनाएका थिए । प्रतिभाशाली मनोजकुमारले पनि हात, खुट्टा, मुख, कुईना लगायतबाट उल्टो, सुल्टो राईटिङ लेखी सवैलाई चकित बनाए ।

फोटो – ज्यापस्टुडियो

 

महिला दिवसको अवसर पारेरै हङ्कङ नेपाली समाजमा क्रियाशिल विभिन्न विधाका ब्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरुमा बर्ष चेलीको उपाधी नमोबुद्ध आमा समुहकी पदमकुमारी गुरुङ्, साहित्य तर्फ लेखीका जुनु राना, शिक्षा तर्फ प्रमिला दर्लामी, शशक्त एकल महिला पुर्णकला गुरुङ्, स्वास्थ्यतर्फ नमिता बुडाथोकी, खेलकुदतर्फ शुस्मा गुरुङ्, ब्यवसायतर्फ कबिता गुरुङ्, कलाकारितातर्फ पबित्रा राई छन् ।

नेपाली महिला संघकी अध्यक्ष टीका गुरुङ्को सभापतित्वमा सम्पन्न कार्यक्रममा उर्जा मन्त्री जनार्दन शर्मा, एनआरएनए हङ्कङका अध्यक्ष ललित आङ्बुहाङ, एनआरएनए महिला संयोजक टीका राना लगायतले बोलेका थिए ।

मन्त्री शर्मासँगै नेपाल बिद्युक्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्, हङ्कङ महावाणिज्यदूत बलिरामप्रसाद धामी लगायत प्रमुख अतिथी रहेको कार्यक्रम नेपाली महिला संघ हङ्कङ र गैह्र आवशिय नेपाली संघ हङ्कङको संयुक्त आयोजना हो ।

तस्बिर : ज्याप स्टुडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *