१३ मार्च २०१७, हङ्कङ्
हङ्कङको याउ मा तेइको कन्स्ट्रक्शन्स क्षेत्रमा एक पाकिस्तानिमलका ब्याक्तिले आत्महत्या गर्ने प्रयास गरेका छन। उनले अन्दाजि २० मीटर अग्लो क्रेनबाट हाम्फाल्ने प्रयास गरेका थिए।
हङ्कङ् प्रहरीले निज व्याक्तीलाई आत्महत्या गर्नबाट रोक्न पाकिस्तानि मुलकै प्रहरी जवान इफ्जल जाफर नामका पुलिस जवानलाई खटाएको थियो । जाफरले उर्दु भाषाको प्रयोगगरि निजलाई संम्झाई बुझाई ओराल्न सफल भए।

गतबर्ष मात्र प्रहरी सेवामा प्रवेश गरेका प्रहरी जवानको यो सफलताले हङ्कङ् प्रहरीको सिर उच्च वनाउन ठुलो सहयोग पुर्याएको छ। जाफरको यो कार्यले सिङ्गो अल्पसंख्यक जातिको समेत सान वढाएकाछन।
प्रोजेक्ट जेमस्टोन अन्तर्गत अल्पसंख्यक जातिको तर्फबाट हङकङ पुलिसमा भर्ना भएका जाफर याउ मा तेई को प्याट्रोल सब युनिटमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *