२३ एप्रिल २०१७, हङ्कङ।
चाईना हङकङ नेशनल तेक्वान्डो एलीएन्सको आयोजनामा “तेक्वान्डो ब्लाकबेल्ट क्योरुगी र पुम्से कम्पिटीसन २०१७” ( Taekwondo black belt kyorugi and poomsae 2017) सम्पन्न भएको छ।

लुएन वो हुई स्पोर्ट्स सेन्टर फनलिङमा सम्पन्न भएको उक्त खेलमा हङ्कङ्बाट स्थानिय तेक्वान्दो एकेडेमीका ( हङ्कङ चीन, नेपाल, फ़िलीपीन्स , ईन्डोनेसियन खेलाडीहरु )बिच प्रतिस्पर्धा गराईएको थियो।

हङ्कङ्का स्थानिय १६ वटा तेक्वान्डो अर्गनाईजेसन, एकेडेमी तथा एसोसिएशनहरुको प्रत्यक्ष प्रतिस्प्रधा गराईएको उक्त कम्पिटिसनमा ३०५ जनाको सहभागिता रहेको थियो । 

सहभागि तेक्वान्दो अर्गनाईजेसनका मास्टर तथा प्रेसिडेन्टहरुलाई चाईना हङकङ नेशनल तेक्वान्डो एलीएन्सका प्रेसिडेन्ट Richard Tam Ka Po ले सबैलाई सोभिनियर प्रदान गरेका थिए।
उक्त कार्यक्रममा देखिएको उत्साहजनक सहभागिता   रहेकोमा सबैलाई धन्यबाद दिएका थिए ।

आयोजकको तर्फबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई मेडल प्रदान गरिएको थियो । सबै तेक्वानडो एकेडेमिका खेलाडीहरुलाई जम्मा  ७० गोल्ड मेडल, ५६ सिल्भर र ८३ कास्य पदक बितरण गरिएको थियो ।

उक्त प्रतिस्प्रधामा निम्न लिखित तेक्वान्दो अर्गनाईजेसन सहभागि भएका थिए ।  अर्गनाईजेसनहरुले प्राप्त गरेको विवरण यस्तो रहेकोछ।

खेलको माध्यमवाट सबैसंग सुमधुर सम्वन्ध स्थापना गर्न । खेलको सम्वर्धन , प्रवर्धन गर्दै सबैले निष्पक्ष खेलखेल्ने बातावरण सृजना गरि सबैलाई ससक्त बनाएर अधि बढनेकुरामा जोड़ दिन खेलको आयोजना गरिएको कुरा चीन हङकङ नेशनल तेक्वान्दो एसोसिएशन का प्रेसिडेन्टले बताए।