अनोज रोक्का

हङ्कङमा एक कार्यक्रमको बीच “नेपाल डे” मनाईएको छ । याउमा तेई स्थित कम्युनिटी हलमा आयोजित कार्यक्रममा नेपाली कला संस्कृति झल्कने हस्तकला, खाना, नृत्य लगायत प्रर्दशनी गर्नुका साथै निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।

स्थानीय संघसंस्था न्यू होम एसोसियसन, जुनियर पुलिस क्लव, याउचि मोङ कन्सर्न फर लिभलिहुड, युनाईटेड नेशनल कम्युनिटी हेल्थ सर्भिस, क्रिश्यिन एक्सन लगायत सहभागी भएको कार्यक्रमलाई हङ्कङ नेपाली महावाणिज्य दुतावास, नेपाली महासंघ, हङ्कङकै प्रमुख राजनैतिक दल डिएबी पार्टी लगायतले संयुक्तरुपमा आयोजना गरेका हुन् । कार्यक्रममा नेपालको सांस्कृतिक विविधता र सम्भावनाका बारेमा महावाणिज्यदूत कमलप्रसाद भट्टराई, महासंघ अध्यक्ष रीता गुरुङले बोलेका थिए भने डिएबी पार्टीका बिधान परिषदमा निर्वाचित बेनी योङ्ले नयाँ बर्षको शुभकामना दिएका थिए ।

कार्यक्रममा उपस्थित समुदायलाई हङ्कङ सामाजिक सेवामा उपलब्ध विभिन्न कार्यक्रम र सहयोगहरुका बारेमा जानकारी प्रदान गर्नुका साथै अतिथीहरुलाई नेपालको विविधता झल्कने चिनो समेत प्रदान गरिएको थियो ।

तस्बिर : ब्लाक पिग

Leave a Reply

Your email address will not be published. Required fields are marked *