अनोज रोक्का
१७ बैशाख २०७४
शान्तिका अग्रदुत गौतम बुद्धको २५६१औ जन्म जयन्ती हङ्कङमा धुमधामका साथ मनाईने भएको छ । बिहिबार जानकारी भेलाको आयोजना गर्दै संयुक्त आयोजक हङ्कङ नेपाली महावाणिज्यदूताबास र नमोबुद्ध आमा समुह हङकङले उक्त कुरा बताएको हो । महावाणिज्यदुत कमलप्रसाद भट्टराईको प्रमुख आतिथ्य र नमोबुद्ध आमा समुहकी अध्यक्ष पदमकुमारी गुरुङ्को सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न सघंसस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै महावाणिज्यदूत भट्टराईले गौतम बुद्ध समग्र नेपाल र नेपालीको गौरव हुन्, विदेशमा हामी जुनसुकै जात, धर्म, समुदायको भएपनि हाम्रो पहिचान गौतम बुद्ध, सगरमाथा, लुम्बिनीको शान्त भूमि नेपालका नेपाली भनेर बनेको छ, यहि गरिमालाई मध्यनजर गर्दै नेपाल सरकारले बुद्ध जयन्ती मनाउँनका लागि दूतावासमा परिपत्र गरेको थियो, यहि अनुरुप हामीले दूताबाससँग सहकार्य गर्न ईच्छुक नेपाली संघसस्थाहरुलाई आह्वान गरेका थियौ । फलस्वरुप, विगतमा बुद्ध जयन्ती कार्यक्रमका मुल आयोजक नमोबुद्ध आमा समुहसँग हाम्रो सहकार्य सम्भव भएको हो । भट्टराईले बुद्धका वाणीहरुको मनन् गर्दै संसारमा बुद्ध जन्मिएको भूमि र शान्तिको शन्देश फैलाउँन पाउँनु सुखद अवसर भएको बताए ।

“शान्ति र एकताको शन्देश फैलाऔ” भन्ने मूल नाराको साथ आयोजना हुने कार्यक्रममा बुद्धका वाणीहरु समेटिएको प्लेकार्ड सहित शान्ति पदयात्रा, पूजाअर्चनाका साथै विभिन्न प्रस्तुतीहरु रहनेछ ।

७ मेई २०१७ का दिन साडे २ बजेबाट शुरु हुने पदयात्रा कौउलन पार्कबाट शुरु भई याउमा तेई स्थित कम्युनिटी हलमा टुङ्गिनेछ । सहभागी सवैलाई नेपालीको पहिचान ढाका टोपीको ब्यवस्था गरिएको छ, यसले हाम्रो एकता र सद्भावलाई झल्काउँन मद्धत गर्नेछ, कार्यक्रम सञ्चालिका एवंम हङकङ नेपाली महिला संघकी अध्यक्ष टीका गुरुङ्ले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *