अनोज रोक्का
२६ बैशाख २०७४
हङकङमा पहिलो पटक तेश्रो आदिबासी जनजाती चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रम हुने भएको छ । नेपाल सरकार, चलचित्र बिकास बोर्ड, नेपाल चलचित्र एसोसियसन हङ्कङको संयुक्त आयोजनामा हुने कार्यक्रमका लागि ब्यापक तयारी थालिएको छ ।

आईतबार जानकारी सभाको आयोजना गर्दै आयोजक समितीले उक्त कुरा बताएको हो । आदिबासी चलचित्र सम्मान र प्रर्दशन, सांस्कृतिक नृत्य र गीत, डकुमेन्ट्री शो, सर्ट मुभी शो लगायतका कार्यक्रमहरु हुनेछन् आयोजक चलचित्र एसोसियसन हङ्कङका अध्यक्ष राजु राई बताउँछन् । कार्यक्रमका लागि राष्ट्रिय चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई सहित १७ जना कलाकारहरु हङ्कङ आउँनेछन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डमा दर्ता भएका मातृभाषी चलचित्रहरु, सम्बिन्धत जातीय संस्थाहरुको सिफारिसमा प्रर्दशन हुनेछन् । सवै पक्षबाट उत्कृष्ट चलचित्र सम्मान हुनेछ साथै आदिवासी जनजाती चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याउँने एकजनालाई आदिवासी चलचित्र प्रतिभा पुरस्कार पनि प्रदान गरिनेछ ।

लगभग १७ वटा खस भाषाको चलचित्र निर्माण भएपश्चात २०४४ सालमा पहिलो नेवारी भाषाको चलचित्र सिलु निर्माण भएपछि मातृभाषी चलचित्र बन्ने क्रमपनि बढिरहेको छ । यसैक्रमका पर्शुराम चौधरीद्धारा निर्मित थारु चलचित्र करम, नविन सुब्बाद्धारा निर्मित लिम्बु भाषाको चलचित्र तरेवा, युवराज मास्केद्धारा निर्देशित मगर भाषाको चलचित्र लगम, गुरुङ् भाषाको चलचित्र पाते, तामाङ चलचित्र सेम्री छोरङान, धिमाल भाषाको उर्नि, दराई भाषाको सहारा, सुनुवार भाषाको स्यादार पिदार, राजवंशी भाषाको देवसरी, मुगल भाषाको सोलजी, कुलुङ् भाषाको तेल्पोरा, याक्खा भाषाको चलचित्र ओम्ला आदिवासी जनजातीका मातृभाषामा निर्मित पहिलो चलचित्र हो ।

मातृभाषी चलचित्रको प्रर्दशन, प्रबर्धन, प्रोत्साहन हेतुका लागि सरकारी तवरबाट नै सहयोग र साथ रहदै आएको छ । २१ मेई २०१७ का दिन याउमा तेई कम्युनिटी हलमा आयोजना हुने कार्यक्रमलाई हङ्कङ नेपाली महासंघ र नेप्लिज युथ क्लव हङकङले सहयोग गरेका छन् । कार्यक्रम बेलुकी ६ बजेबाट शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *