12782549_1020439458002149_522574148_n२६, फेब्रुवरी २०१६

जातीय परम्परा रुढिवादी संस्कारको जड हो । सदियौ देखि कायम रहेको यो प्रथालाई जरैदेखी निर्मुल पार्नका लागि निती, नियम भन्दा पनि सामाजिक जाकरुकता र अग्रसरता अति आवश्यक हुन्छ ।

यही अग्रसरता देखाएका छन् धरानमा । जातिय भेदभावलाई अन्त भएमात्र नेपाल र नेपालीबीच एकता र  मित्रभाव सम्भव छ, भन्दै ब्राम्हण समाज नेपाल नगर समिति धरानले सामुहिक व्रतवन्धको कार्यक्रम आयोजना गरेको छ ।

समितीले पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरि सर्वसाधारणहरुलाई ब्रतबन्धमा सहभागि हुन आह्वान गरेको थियो ।

स्थानिय दलित समुदायवाट सहभागीताको लागि सम्पर्क गर्दा सहभागी गराउन असहज र पन्छाउने किसिमको कुरा आएपछि बिभिन्न सङ्घ संस्थाहरुको ध्यानाकर्षण भएको थियो । धरानमा क्रियाशिल १४ वटा संघसंस्थाका छाता संगठन, दलित उत्थान समन्वय समितिले ब्राम्हाण समाजसंग सहभागीका लागि पहल गरेको थियो ।

समाजसंगको पटक पटकको वार्तामा सहभागी गराउन प्राविधिक कठिनाई भएको वताउदै वरु छिट्टै अर्को व्रतवन्धको कार्यक्रम गर्ने गरी अडान राखेको थियो । दलित उत्थान समन्वय समिति धरानले फाल्गुन १३ गतेको सामुहिक व्रतवन्धको समयमा नै आफना तर्फवाट सहभागी हुने कुरा राख्दै वटुकहरुलाई सहभागी नगराए आन्दोलन गर्ने जनाए पछि फाल्गुण ११ गते पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी गराउने निर्णयमा व्रम्हाण समाज पुगेको थियो ।

ब्राम्हण समाजले दलित उत्थान समितिलाई सहभागीहुन दर्ताका लागि आउन अनुरोध गरे अनुरुप सम्पुण आन्दोलनका कार्यक्रम फिर्ता गरि सामुहिक व्रतबन्धको कार्यक्रममा सहभागी हुने निर्णय दलित उत्थान समितीले गरेको थियो ।

चार पाँच दिनको रस्सा कस्सी पछि सहमतिको साथ भएको सामुहिक व्रतवन्धको कार्यक्रम सच्चिकै ऐतिहासिक रहेको थियो ।

ब्रतबन्धमा चार जना दलित वालकहरुको सहभागिता रहेको थियो। वालकहरु पियन विश्वकर्मा, पिन्चु विश्वकर्मा, सन्जोग परियार र सैगात वराइली सहभागि थिए। उक्त कार्यक्रममा जम्मा ४२ जना वटुकहरु सहभागी भएका थिए ।

सदियौ देखि चलि आएको जातीय भेदभावको न त्यहा कुनै अंश देखिन्थ्यो न त्यहा केही वैमनुस्य नै । वरु सामुहिक व्रतमन्दको कार्यक्रम चलि रहेका छेउमा नै भएको औपचारिक कार्यक्रमका अधिकाशं व्रम्हाण समुदायका वक्ताहरु जातीय भेदभाव अन्त्यको पहल भएकोमा खुसि थिए।

आज भन्दा धेरै समय अघि पण्डित छविलाल पोखरेलले गर्नु भएको जातीय भेदभाव अन्त्यको पहलको खुलेरै प्रसंसा गरेका थिए । धेरै समयपछिको यो नया अध्यायको सुरुवातलाई निरन्तरता दिनुपर्नेमा सबै बुद्धिजीवी र समाजसेविले जोड़ दिएका छन । सामुहिक व्रतवन्द सकिए पछि समाजले सवैलाई खानाको प्रबन्ध गरेको थियो । 

लामो समय देखि चलि आएको जातिय विभेद समय सँगै अन्त्य हुन आवश्यक छ । संसार विकासको गतिमा तिव्रतर पाईला चलाउँदै गर्दा हामी नेपाली नेपाली उच, निच र सामाजिक विभेदमा अल्झिएका छौ । खै त माथि सम्पन्न भएको सामूहिक ब्रतबन्धमा दलित, गैह्रदलित सँगै रहदा केहि अनिष्ट भयो ? भयो त केवल आपसी समझदारी अनि जातीय एकता ।

जातिय पेशा, सरसफाई र दलित भित्रको जातीय विभेद देखाएर वाहियात तर्क गुर्न र दलितमाथि जातिय विभेद लादीराख्नु पाखण्डीपना हो । दलित भन्दा पनि कैयन गुणाले गैरदलित वस्तीहरुमा फोहोरी व्यवहार, वातावरण र जातीय विभेद तथा दैनिय र दरिद्र अवस्था छ । त्यतापनि ध्यान दिन जरुरी छ ।

                                                                                     धरान

Leave a Reply

Your email address will not be published. Required fields are marked *