imagesकाठमाण्डौ । अहिले भुवन केसी दुई बिषयका कारण चर्चामा छन् । एक उनी आफैले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’ प्रदर्शनको तयारीमा छ । भने, अर्को निर्माता रबि बस्नेतको २० लाख रुपैया घोटला गरेको आरोपले चर्चा संगै आलोचित बनेका छन् ।
फिल्मको प्रचार दौडधुपमा रहेका अभिनेता भुवन केसीलाई बुधबार दिउसो १ बजेको समयमा एक चर्चित टेलिभिजनको चर्चित फिल्मी कार्यक्रमका लागि अन्तर्बाता लिने भन्दै सिटी सेन्टर बोलाईयो ।
जस अनुसार केसी ३ बजे सिटी सेन्टरको फुड कोर्ट त आए तर,सो कार्यक्रम संचालन गर्ने निर्माता आएनन् । भिग मिडियाले अन्तर्बाताका लागि बोलाउदा नआउने कुरा पनि भएन यस माथि पनि फिल्म रिलिजको पुर्ब सन्ध्यमा कुन निर्मता,निर्देशक र कलाकार हाम फालेर नआउला र टिभि अन्तर्बाताका लागि ।
यसै गरी भुवन पनि आए तर,उनी आफै फसे । भुवन केसी केसी समय पत्रकार र कार्यक्रम निर्माताकै प्रतिक्षामा थिए । तर,कुनै क्यामरा र पत्रकार आएनन् । आए त केवल उनलाई २० लाख घोटला गरेको आरोप लगाएका रबि बस्नेत । त्यो पनि २।४ जना आसेपासे सहित ।
रबि बस्नेतको जम्बो टोली आनै फुड कोर्ट आएपछि भुबन असिनपसिन भए । बल्ल यतिबेला उनले बुझे आफुलाई फसाईयो । त्यसपछि एकाएक आक्रोशित हुदै झोक्किएर र लिफ्ट पनि नचढी ‘बल होईन पासा डिमाग लगा भने झै ‘ टाप कसे । त्यस समयमा त्यहाँ आईपुगेका भुवनका राम्रै चिनजानका ब्यक्तिहरुलाई समेत उनले रेस्पोन्स गरेनन् ।
सिटी सेन्टर देखि एकाएक बाहिरिए पछि भुबनले आफ्ना निकटतम पत्रकारलाई फोन गर्दै आफुलाई सुनियोजित किसिमले फसाईयो भन्दै आपत्ति समेत जनाए । उनले रबि बस्नेतका मान्छेहरुले आफ्नो गाडी फलो गरेको समेत भन्न भ्याएको स्रोत बताउछ ।

FLIMY BAZAR

Leave a Reply

Your email address will not be published. Required fields are marked *