अनोज रोक्का

JJJJJ
हङ्कङ याउ मा तेई कम्युनिटी हलमा आयोजित पुमा राई सांस्कृतिक साझ दोश्रोमा (राई ईज किङ्) राजेश पायल राईले धमाकेधार प्रस्तुति दिएका छन् । “तिमी सँगै ज्युने मर्ने” भन्दै स्टेजमा उत्रिएका राईले ‘फुलैफुलको मौसम’ , ‘नमाग म सँग’, ‘ठूली’ लगायत आधा दर्जन गित मार्फत दर्शकहरुको वाहवाही बटुले ।

प्रस्तुती कै क्रममा आफु २३ औ हङ्कङ आए पनि  दर्शकको माया र साथमा कुनै कमि नभएको बताउँदै राईले संगितको कुनै सिमा नहुनै भन्दै आफुले विभिन्न भाषामा गित गाएको समेत सुनाउँन भ्याए ।

राई सँगै जुना प्रसाईको प्रस्तुतीलाई पनि हङकङेली दर्शकहरुले खुलेर साथ दिए । प्रसाईले ‘नदेखेको भए हुन्थ्यो तिमीलाई’, ‘गैह्रि खेतको’ ‘कम्मर मर्काई’ लगायत गित प्रस्तुत गरिरहदा युवा देखी बृद्ध सम्म स्टेज मै नाच्न पुगेका थिए ।

किरात पुमा राई संङ्ग्राहलय भवन निर्माण सहयोगार्थ सञ्चालित उक्त कार्यक्रममा चर्चित डान्सर गिता राई, मेरी बास्सैमा राई दाईको पात्रको रुपमा चर्चित पर्बन राई लगायत स्थानिय कलाकारहरु धिरज लिम्वु, सक्थिम योङ्हाङ लगायतको पनि प्रस्तुती रहेको थियो ।

जातिय परम्परा, संस्कार सँगै नेपाली संगितको संरक्षणको लागि पनि कार्यक्रमले टेवा पु¥याएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने संघका अध्यक्ष पेन्गुईन पुमा राई बताउँछन् ।  
हङ्कङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *