Author: koselihk

हङ्कङ स्काईरनिङ् च्याम्पियनसीपको उपाधि मिरालाई ।

अनोज रोक्का ६ डिसेम्बर / २०१७ हङ्कङमा सम्पन्न एमएसआईजी लान्ताउ ५० एसियन स्काईरनिङ् च्याम्पियनसीप दौड प्रतियोगितामा अल्ट्राधावक मीरा राईले महिला तर्फ प्रथम स्थान हासिल गरेकी छिन् । मीराले जापानकी युकारी होसिनोलाई एक घण्टा पछि पार्दै ६ घण्टा ५० मिनेटमा ५० किलोमिटरको दुरी पार गरेकी हुन् । “दौडका लागि नेपालको भन्दा हङ्कङको पहाड सहज छ, तर आजको दौडमा पनि साढे ३ किलोमिटर उकालो थियो” जित पछि उत्साहित मीराले भनिन् । लिगामेन्टमा ईन्जुरी भएका कारण केहि समय विश्राम लिईरहेकी २०१७ को नेशनल ज्योग्राफिक एडभेन्चर अफ दि ईयर मीरा यो जितलाई आत्मविश्वास र सवैको मायाको प्रतिफल मान्छिन् । सम्पन्न च्याम्पियनसिपमा पुरुषतर्फ स्पेनका...

Read More

नेपाल र चीनको सम्बन्ध अझ दरिलो बन्दै छ । – राजदूत लिलामणी पौड्याल

अनोज रोक्का ५ डिसेम्बर / २०१७ नेपाल र चीनको सम्बन्ध अझ सुमधुर र बलियो बन्दै गएको चीनका लागि नेपाली महामहिम राजदूत लीलामणी पौड्यालले बताए । आईतबार हङ्कङ स्थित नेपाली महावाणिज्यदूतावासमा आयोजना गरिएको समसामायिक बिषय छलफल कार्यक्रममा पौड्यालले उक्त कुरा बताएका हुन् । हङ्कङ स्थित प्रमुख प्रशासकसँग विशेष छलफलका लागि हङ्कङ आएका राजदूत पौड्यालले हङ्कङमा रहेका नेपाली उद्यमी, ब्यापारी, कर्मचारीहरुसँग भए गरेका प्रगती र कार्यहरुका बारे छलफल गरेका थिए । सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिदै राजदूत पौड्यालले चीन र नेपाललाई जोड्ने रेलसेवाका लागि राजदूतावासको पहलमा चीनबाट प्राविधिक टोली नेपाल आएर पोखरा र केरुङ् सम्म (आई सर्वे) भौगोलिक अध्ययन गरिसकिएको, अव...

Read More

हङकङमा एक्सन फिल्म “तारेभिर”

अनोज रोक्का १ डिसेम्बर २०१७ महिला पात्रलाई केन्द्रविन्दु बनाईएका चलचित्रहरु कमै बन्ने गर्छन । यहि पेरिफेरीमा महिला साहस र बीरताको प्रतिक स्वरुप चलचित्र तारेभिर सार्वजनिक भएको छ । नेपालमा सफलतापूर्वक प्रर्दशन भईसकेको चलचित्र तारेभिर अव हङ्कङेली दर्शकहरुले हेर्न पाउँने पक्का भएको छ । देउकृष्ण देवानको निर्माण र प्रेम सुब्बाको निर्देशन रहेको चलचित्र तारेभिरमा अधिकांश नयाँ अनुहारहरुलाई देख्न सकिन्छ । चलचित्रमा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, देउकृष्ण देवान, मञ्जु श्रेष्ठ लगायतको अभिनय रहेको छ । समाजका आपाराधिक मनोवृतीका मानिसलाई कसरी कानुनको कठघरामा उभ्याईन्छ, यो नै फिल्मको मुख्य विषयबस्तु रहेको छ । फिल्ममा प्रशस्त द्वन्दका दृश्यहरु समेटिएको छ । गायिकाको...

Read More

गुरुङ् चलचित्र ‘खै ओ म्हि थेबा’ अब हङकङमा

कोशेली संवाददाता ३० नोभेम्बर २०१७ अभिनेता, लेखक तथा निर्देशक सुबास गुरुङको चलचित्र ‘खै ओ म्हि थेबा’ हङकङमा प्रर्दशन हुने भएको छ । आईतबार चुमलुङ हिम जोर्डनमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिकसँगै चलचित्र प्रर्दशनको मिती सार्वजनिक गरिएको हो । नेपाल, युके, अमेरिका लगायतका देशमा सफलतापूर्वक प्रर्दशन गरिसकिएको चलचित्र हङकङमा ७ जनवरी २०१८ का दिन याउमा तेई स्थित कम्युनिटी हलमा प्रर्दशन गरिनेछ । सामाजिक परिवेशका यर्थाथतालाई चलचित्रको पर्दामा उत्कृष्ट ढङ्ले उर्तान खप्पिस निर्देशक गुरुङ्ले चलचित्र ‘खै ओ म्हिथेवा’ (आयो है ठुलो मान्छे) मा पनि नेपाली भएर पनि नागरिकता पाउँन नसक्दाको पिडालाई फिल्मी मसला सहित देखाएका छन । ‘क्लाईमेक्स आर्ट’को...

Read More

संगीतकार सम्भुजितले सघाए चाङे धर्ती कोषको सांगीतीक कार्यक्रमलाई ।

२६ नोभेम्बर २०१७ शिशिर पुर्बछाने मगर हङकङ चाङे् धर्ती आमा कोष संस्था हङकङले नोभेम्बर २६, २०१७ आइतबारका दिन हङकङको काउलून स्थित यउ मा तेइ कम्युनिटि हलमा हङकङमा आर्थिक अभावमा छट्पटाई रहेका बिरामीहरुको पुनर्जीवनको निम्ति सहयोगार्थ “सुमधुर सांगीतिक सौगात २०१७” कार्यक्रमको भब्य रूपमा आयोजना गरेको छ । भद्र कला आङ्बुहाङ्को विशेष पहलमा आयोजित सो कार्यक्रममा दर्शकहरुको निकै बाक्लो उपस्तिथिका माझ नेपालबाट आएका ख्याति प्राप्त कलाकारहरुले प्रस्तुति दिएका थिए । नेपालको चर्चित रियालिटी सो नेपाल आइडलकि “के-टाउन एन्जल” उपनामले चिनिने केन्जल मेहर श्रेष्ठले “आमा” बोलको गीत गाएर सांगीतिक कार्यक्रमको सुभारम्भ गरेकि थिएन । आफ्नी आमाको सम्झनामा निकै भाबुक हुदै गाएकी केन्जलले त्यसपछि क्रमश दुइटा गीत गाएर स्टेजबाट बिदा भइन्। त्यसपछि पुर्वाञ्चल सिंगिङ्ग स्टार प्रकृति थलुङ्गले भेटैमा भयो सोल्टिनी ज्यु बोलको गीत गाएर दर्शक नचाए । दर्शकहरुलाइ थप मनोरञ्जन दिन चर्चित हास्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङले विभिन्न जादु देखाए भने हास्य व्यंग्य तथा नृत्य प्रस्तुत गरी दर्शक हासाउन सम्म भ्याए । त्यसपछि हङकङमै आयोजित ७औ नेफ्टा अवार्डबाट चलचित्र “बितेका पल” बाट उत्कृष्ट नायिकाको उपाधी प्राप्त गरेकि चर्चित नायिका केकि अधिकारीले राष्ट्रिय , लोक तथा आधुनिक मिश्रण गरिएको गितमा सुन्दर नृत्य प्रस्तुत गरिन् । अन्त्यमा कार्यक्रमको प्रमुख आकर्षण नेपालको चर्चित संगितकार , गायक तथा रचनाकार सम्भुजित बास्कोटा प्रवेश गरे । उनले क्रमश “सम्झना बिर्सन”, “तल तल बेसीमा मैच्याङ्ग ” र “अच्छा लेकिन लण्डनको ” बोलको गित गाए भने उक्त गीतहरुमा केन्जलले साथ दिएकी थिइन्। “चट्ट रुमाल क्या मालुम” र “यो मायाले...

Read More

Like our page

नेपाली गीत संगीत


Warning: Invalid argument supplied for foreach() in /var/www/vhosts/koselihk.com/httpdocs/wp-content/themes/Extra/includes/widgets.php on line 551

Pin It on Pinterest