एकल कविता वाचनमा रेखा कवि टंक सम्बाहाङ्फे

रेखा कवि टंक सम्बाहाङ्फेको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । राजधानीको अनामनगरस्थित मण्डला नाटक घरमा उनले पहिलो पटक एकल कविता वाचन गरेका हुन् । यो कार्यक्रमको आयोजना डिस्कोर्स डबलीले आयोजना गरेको हो ।

संचारकर्मी ढुङ्गानाको “तिम्रा लागि यो ठाउँ छोडी सरी जान तयार छु म को भिंडियों सार्वजनिक ।

पत्रकारिकता, बालसाहित्यमा सक्रिय सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाको गजल म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली कविता

चुइदै छ छानो मेरो बास खोज्न जाउ कहाँ 
मरेतुल्य बाँचेको छु लाश खोज्न जाउ कहाँ 

जिउनु छ अझै पनि चाह सबै मरी सके 
अझै बाँच्न भनी झुटो आश खोज्न जाउ कहाँ 

एउटा लेखकको दुईटा कृतिलाई कुलपति र प्राडाहरुले उच्च मुल्याङ्कन गरे !

१७ जुलाई २०१७ । काठमाण्डौ चन्द्र मादेन ‘आन्छन’ काठमाण्डौ, स्थानीय वागवजारको हार्दिक होटेलमा ताप्लेजुङ साहित्य समाज काठमाण्डौको आयोजनामा पूर्वाञ्चलकै दिग्गज वरिष्ठ लेखक राजेश्व थापाद्वारा लिखित “मुक्कुमलुङ्मा” र “पाथीभरा” दुईवटा कृतिहरु समाजका अध्यक्ष एवं वरिष्ठ समालोचक साहित्यकार प्रा.डा. गोविन्द भट्टराईको सभापतित्वमा सामूहिक लोकार्पण सम्पन्न भएको छ । प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीद्वारा दीप प्रज्वलन […]

१. प्रेम घाम हेर्दा राग देखेँ जून हेर्दा दाग देखेँ तारा हेर्दा टाढा देखेँ फूल हेर्दा काँडा देखेँ मैले सबैमा खोट देखेँ अनि आँखा बन्द गरिहेर्दा गान्धारीलाई देखेँ हजुर ! मलाई गान्धारी औधी मन पर्‍यो त्यसै-त्यसै अन्धो हुन मन पर्‍यो । २. सायद अचानक बाटोमा भेटिनु तिमी मुस्कुराउनु सायद, मुस्कुराउनु तिम्रो स्वभाव थियो । बाटोमा […]

नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा गजलकार निश्चल निंगलेकु को  “सिसिफस जीवन” लोकार्पण ।

काठमाडौं । युवा गजलकार निश्चल निंगलेकु (पिएस लिम्बु) को गजल संग्रह “सिसिफस जीवन” लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा शुक्रबार विश्व नेपाली साहित्य महासंघको आयोजनामा एक कार्यक्रमकावीच “सिसिफस जीवन”को लोकापर्ण गरिएको हो । वरिष्ठ साहित्यकार तथा संचारकर्मी रमेश पौडेलको सभापतित्व, वरिष्ठ कवि तथा प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमीरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त लोकापर्ण कार्यक्रममा […]