घर विज्ञान र प्रविधि विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण

विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण

28
0

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । 

 नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित ‘डाटा’ प्रशोधनका लागि प्रयोग गरिनेछ । 

 उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा. रवीन्द्रप्रसाद ढकालले मुनाल उपग्रह ‘आइएसआरओ’को ‘एसएलभी–सिक्स टू’ पनि ‘रकेट’मार्फत ‘राइडसेयर पेलोड’ का रूपमा आज बिहान १०:१७ बजे (भारतीय समय) अर्थात् नेपाल समयअनुसार १०:३२ बजे प्रक्षेपण हुनेछ भन्ने जानकारी गराए । ढकालले यो प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ ।

समीक्षा सिंहावलोकन
अघिल्लो लेखमागणपति डिलक्स बसबाट मानव कङ्काल फेला
अर्को लेखमास्कटल्याण्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ।
%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%a8 ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।   नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई...